दाईसँग रोकिएपछि भाईसँग बिहे

काठमाडौ, वैशाख १९/ सर्लाहीको चितायनमा दाईको लागि ठिक पारिएकी युवतीको हतारमा भाईसँग बिबाह भएको छ । साइतको तीन दिनअघि सर्लाही जिल्ला अदालतले निर्धारित बिहे रोक्न अन्तरिम आदेश दिएपछि दाईका लागि ठिक पारिएकी युवती भाईले भित्र्याएको नागरिक दैनिकमा खबर छ ।

 गत शुत्रबार हरिपुर ४ चितायनका २२ वर्षका विपिसिंह चौधरीलाई जिल्ला अदालतले दोस्रो बिहे गर्न रोक लगाएको थियो । विपिसिंहसँग बिहे नहुने भएपछि उनैका कान्छा भाई प्रिन्ससिंह चौधरी बेहुला बनेका हुन् ।
विपिसिंह र हरिपुर २ पाँचगाछीकी १७ बर्षकी अम्बिका चौधरीबीच वैशाख १६ गते विवाह गर्ने तय भएको थियो तर, २३ बर्षकी भवानी चौधरीले पति विपिसिंहले आफूमाथि सौता हाल्न लागेको भन्दै दोस्रो बिहेको निम्तो काडसमेत संलग्न राखेर निषेधाज्ञा माग गर्दै बिहीबार अदालतमा निवेदन दिएकी थिइन् । जिल्ला न्यायाधीश माधव पोखरेलको इजलासले शुक्रबार विवाह रोक्न आदेश दिएको थियो । पछि विवाहको सबै तयारी भइसकेको र आफन्त तथा गाउँलेलाई निम्ता गरिसकेका दुवै पक्ष विपिको कान्छो भाई प्रिन्स र अम्बिकाबीच लगनगाँठो कस्न सहमत भएका हुन् । cp.
कमेन्टहरु
Loading...