विच भलिवलको उपाधि डिफेण्डीङ च्याम्पीयन नेपाल पुलिसलाई

पोखरा, २ काक्तिक/डिफेण्डीङ च्याम्पीयन नेपाल पुलिस क्लबले पोखराको फेवाताल किनारमा बुधबार सम्पन्न भएको तेस्रो राष्ट्रिय पुरुष विच भलिबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा विभागिय टोली नेपाल पुलिस क्लब एको टोलीले अर्को विभागिय टोली शसस्त्र प्रहरी वल (एपिएफ) एलाई १९–२१, २१–१६, १५–१० को सेटमा पराजित गदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।

नेपाल पुलिसका राष्ट्रिय अन्तराष्ट्रिय अनुभवी खेलाडी भरत शाह र चन्द्र कुवंरको जोडीले सहभागि भएका थिए । एपिएफ एमा सुनिल श्रेष्ठ र खुसि चौधरी सहभागि भएका हुन । प्रतियोगितामा उत्कृष्ट खेलाडी पुलिसका भरत शाह घोषित भए । फार्ईनल खेलमा शाह म्यान अफ दी म्याच समेत घोषित भए ।

नेपाल भलिबल संघको आयोजनामा पोखरामा पहिलो पटक आयोजना भएको उक्त प्रतियोगिता अन्र्तगत तेस्रो स्थानका लागी भएको खेलमा त्रिभुवन आर्मी बीले एपिएफ वि लाई २१–१९, २१–१६ को सोझो सेटमा पराजित गदै तेस्रो भयो । उपाधि जितेको नेपाल पुलिस क्लबले नगद २० हजार, उपविजेता एपिएफ एले नगद १५ हजार तथा तेस्रो भएको एपिएफ बीले नगद १० हजार शान्तोना भएको एपिएफ बीले ५ हजार पायो ।

बुधबार नै सम्पन्न पहिलो सेमिफाइलन खेलमा नेपाल पुलिस एले एपिएको वि टोलीलाई २१–१८, २१–१९ को सोझो सेटमा पछाउदै फाईनला यात्रा बनाउदा अर्को खेलमा भने एपिएफ एले नेपाल आर्मी क्लब वि लाई २१–१४, २१–१६ को सोझो सेटमा पाखा लगाउदैै फाइनल यात्रा तय गरेको थियो ।

प्रतियोगिताका विजयी खेलाडीहरुलार्ई नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ, उपाध्यक्ष यामबहादुर गुरुङ, महासचिव जितेन्द्रबहादुर चन्द, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष दिपक कोईराला, जिल्ला अध्यक्ष सुमन देवकोटा, प्रतियोगिता संयोजक रामनाथ भण्डारी, क्षेत्रिय भलिवल संघका अध्यक्ष छ्यामबहादुर थापा, अन्तराष्ट्रिय रेफ्रि गौतम प्रसाद लासीवा लगायतले पुरस्कार वितरण गरेका थिए ।

असोज २९ गते देखि पहिलो पोखरामा संचालन भएको उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । पाँच विकास क्षेत्र, तीन विभागिय टोली र विश्वविद्यालय खेलुकद संघको टोलीको सहभागिता रहेको थियो ।

यसैविच नेपाल भलिबल संघले नेपालमै पुरुष तथा महिला एशियन विच भलिबल प्रतियोगिता गर्ने योजना भएको संघले जनाएको छ । यसै विच प्रतियोगिता समापनको अवसरमा भलिवल खेलको विकासमा सहयोग पुराएको भन्दै ३ जनालाई संघले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा कास्की जिल्ला भलिवल संघका अध्यक्ष अनिल सिंह, हाल जापान बस्दै आएका देवेन्द्र केसी, हाल दक्षिण कोरीया बस्दै आएका केशभक्त गुरुङ रहेका छन । उनीहरुलाई सम्मान पत्रको साथमा खादा तथा अविर लगायर सम्मान गरीएको हो ।

कमेन्टहरु
Loading...