प्रचण्ड र ज्ञानेन्द्रका बुहारीको दुःख, भीआइपी बुहारीहरुको एउटै पीडा

पूर्वराजा ज्ञानेन्द्र र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड दुबैका बुहारीहरुको दुखको कथा ‘मिरर न्युज’ मासिकले बाहिर ल्याएको छ । पारसपत्नी हिमानी र प्रकाशपत्नी सिर्जना त्रिपाठीको पीडाबारे जेठ १ बाट बजारमा आउने ‘मिरर’ले भीआइपी बुहारीका दुःखै दुःख शीर्षकमा यसरी लेखेको छ : माओवादी सुप्रिमो प्रचण्डपुत्र प्रकाशले ०६५ माघ ३ मा कास्कीकी सिर्जना त्रिपाठीसँग मागी विवाह गरेका थिए । सिर्जना र प्रकाशबीच मागी विवाह हुँदा केटाकेटीको भन्दा पनि परिवारको भूमिका बढी थियो । प्रचण्डपत्नी तथा प्रकाशकी आमा सीताको पहलमा मागी विवाह भएको बताइन्छ ।
विवाहपछि आपसी सम्बन्ध राम्रो नहुँदा नहुँदै पनि प्रकाश र सिर्जनाको वैवाहिक जीवन चलेकै थियो तर सगरमाथा चढ्न सँगै गएका प्रकाश र बीना मगरबीच आधार शिविरका घटनाक्रम मिडियामा आएपछि सिर्जना तनावमा आइन् । यसले प्रचण्डनिवास लाजिम्पाटदेखि सिर्जनाको माइती हेम्जासम्म ठूलै बबन्डर मच्चायो । माओवादी पार्टीभित्रै यो प्रकरण बहसमा आउन थाल्यो । यसअघि यस्तै समस्या माओवादी नेता सीपी गजुरेलका छोरा-बुहारीमा देखिएको थियो ।

विवाहपछि उतार-चढावमै सिर्जना र प्रकाशको दाम्पत्य जीवन चलेको थियो । झन्डै चार वर्ष खट्टामीठा सम्बन्धमा त्यतिबेला नाटकीय मोड आयो जब प्रकाशले विद्यार्थी नेतृ बिना मगरलाई लिएर अचानक बेपत्ता भए । देशको सबैभन्दा ठूलो पार्टीको अध्यक्ष, पूर्वप्रधानमन्त्री र जनयुद्धको विगतसहित पहिचान बनाएका प्रचण्डको परिवारमा बुहारी भएर भित्रिएकी सिर्जजाले जे सोचेकी थिइन्, प्रकाश २२ असार ०६९ मा अर्की युवती लिएर बेपत्ता भएपछि घटनाले नयाँ मोड लियो तर सिर्जना र प्रकाशलाई नजिकबाट जान्नेहरू यो प्रकरण निमित्त कारण भएको र उनीहरूबीच विवाह भएदेखि नै राम्रो सम्बन्ध नरहेको बताउँछन् ।

बिनालाई लिएर बेपत्ता भएपछि त उनीहरूको सम्बन्ध देखिने गरी विवादमा आयो, जब कि त्यस अगाडिसम्म विवाद घरको पर्खालभित्रै सीमित थियो ।
बिनासँगको सम्बन्ध धेरै नजिक पुगेको त्यतिबेला पुष्टि भयो, जब प्रकाश ०६९ असारमा अचानक गायब भए । प्रकाश २२ असारमा विद्यार्थी नेतृ मगरलाई लिएर भागेका थिए । उनी बिनालाई लिएर भागेपछि पार्टीले प्रकाशमाथि कारबाही नै गर्‍यो तर प्रकाश कारबाही भोग्न तयार भए बिना छाड्न तयार भएनन् । यसपछि सिर्जनाले अब लाजिम्पाटसँगको आफ्नो पारिवारिक सम्बन्ध धरापमा परेको महसुस गर्न थालिन् । यो घटनाले प्रचण्डको बुहारी सिर्जनालाई ठूलै रेक्टरको भूकम्प गएजस्तो भयो ।

सिर्जनामाथि प्रकाशको आरोप
पहिलादेखि नै प्रकाश र सिर्जनाबीच राम्रो सम्बन्ध थिएन । विवाहपछि सिर्जनालाई प्रकाशको बानीव्यहोरा मन परेको थिएन भने प्रकाशलाई सिर्जनाको आरचणमाथि शंका थियो । यस्तै शंकैशंकाबीच चलेको प्रकाश-सिर्जना वैवाहिक सम्बन्धलाई धरापमा पार्ने रसायन बन्यो, प्रकाश-बिना प्रकरण । प्रकाशले बिनालाई लिएर बेपत्ता नभएको भए पनि प्रकाश-सिर्जना सम्बन्ध सहज हुन्थ्यो भन्ने बलिया आधार थिएनन् किनभने उनीहरूबीच किचनदेखि बेडरुमसम्म समस्या देखिएका थिए । एक-अर्काप्रतिको विश्वासमा क्रमशः खिया लाग्दै गएको थियो ।

पोखरास्थित एक पत्रकारका अनुसार सिर्जनाको पहिलेदेखि नै एक केटा साथी थिए । प्रचण्डको परिवार भनेपछि सिर्जनाको बुवाले छोरीको विवाह प्रस्ताव अस्वीकार गर्न नसकेको उनी बताउँछन् । विवाहपछि पनि सिर्जनाको केटा साथीको फोन, एसएमएस आदान-प्रदान हुने गरेको बताइन्छ । प्रकाशले आमा सीता र नजिकका साथीसँग सिर्जनाको व्याइफ्रेन्ड रहेको र उसले एसएमएस पठाउने गरेको गुनासो गर्न थाले । यो विषयमा प्रकाश र सिर्जनाबीच पटक-पटक झगडै पथ्र्यो । एउटै कोठामा बस्ने उनीहरूबीचको सम्बन्ध राम्रो बन्न सकेन ।
प्रकाश र सिर्जनालाई नजिकबाट जान्नेहरू विवाह भएको तीन/चार महिनामै प्रकाश र सिर्जनाबीच आपसी मनमुटाव देखापर्न थालेको बताउँछन् । एक-अर्काबीच आरोप प्रत्यारोप लाग्न थाल्यो ।

जब प्रकाशले सिर्जनाबारे अनेकाँै कुरा आमा सीतासँग राखे, तबदेखि सीताको सिर्जनाप्रतिको दृष्टिकोण क्रमश बदलिन थाल्यो । ससुरा प्रचण्डले बुहारी सिर्जनालाई निकै माया गर्थे तर सीताको दृष्टिकोण भने क्रमशः नकारात्मक बन्दै गयो । प्रकाश-सिर्जना सम्बन्धलाई समुधर बनाउनेतिर सीताको भूमिका नदेखिएको सिर्जनाका आफन्तको आरोप छ ।

परिवारमा समस्या देखिँदा विवाह भएपछि पनि सिर्जना माइतीघरमै बस्न थालिन् । प्रकाशलाई यो कुरा चित्त बुझेको थिएन । विवाह गरेर आएपछि अर्को केटासँग सम्बन्ध रहेककै कारण सिर्जना माइतीघर बस्ने गरेको प्रकाशले शंका गर्न थाले । उनीहरू आपसमा टाढा-टाढा हुँदै गए । कहिलेकाहीँ मात्र दम्मतीको भेट हुने अवस्था आयो । प्रकाशले सिर्जनाले आफूलाई तनाव दिने गरेको भन्दै धेरै मदिरा पिउन थाले । उनीहरूको घरमा झगडा हुन थाल्यो । प्रकाशले आफ्ना नजिकका साथीसँग भन्ने गर्थे- सिर्जनाका कारण मलाई तनाव भयो ।

प्रकाश सगरमाथा चढेर फर्केपछि उनको बिनासँगको सम्बन्धमा समाचार आयो । स्रोतका अनुसार त्यसपछि सिर्जनाले अध्यक्ष प्रचण्डसँग आफू प्रकाशसँग बस्न नसक्ने र अब कहिल्यै फर्केर लाजिम्पाट नआउने बताउँदै पोखरातिर लागेकी थिइन् । सिर्जनाले त्यतिबेला डिभोर्ससमेत मागेकी थिइन् तर प्रकाश त्यता लागेनन् बरु बिनालाई लिएर अचानक बेपत्ता भए ।
प्रकाशलाई कारबाही भएपछि पनि केही समय सिर्जना आफ्नो छोरोसँग लाजिम्पाटमै बसिन् । जब प्रकाश बिनालाई लिएर बेपत्ता भए, त्यसपछि उनी माइतीघर लागिन् ।

लाजिम्पाटबाट निस्कँदा सिर्जनाले डिसोर्भको मानसिकता बनाएर पोखरा लागेकी थिइन् तर क्रमशः उनलाई राजनीतिक संरक्षण गर्न थालिएको छ । स्रोतका अनुसार उनले अहिले प्रचण्डसँग पहिला गरेको कुरा बदलेकी छन् । ‘विभिन्न महिला अधिकारकर्मीले सिर्जनालाई उचालेका छन्, त्यही भएर अहिले केही कुरा बदल्न खोजेजस्तो देखिन्छ,’ स्रोत भन्छन् । समस्याको हल खोज्न प्रचण्ड स्वयम् पनि पोखरा पुगेर सिर्जनाका आफन्तसँग भेट गरेका थिए । तर, अझै यो समस्याको हल हुन सकेको छैन ।

प्रकाश अहिले सिर्जनाले छोडपत्रका लागि तयार भए हुन्थ्यो भन्ने चाहन्छन् तर केही सर्त अगाडि सारेकी सिर्जनाले यो प्रकाशको प्रस्ताव स्वीकार गरेकी छैनन् । निलम्बन फुकुवापछि प्रकाशले सञ्चारमाध्यममा आफ्नो प्रतिक्रिया दिँदै आफूबाट गल्ती भएको स्वीकारेका छन् ।

हिमानीको हैरानी
आर्थिक समस्या थिएन, हिमानीलाई । सामाजिक प्रतिष्ठाको समस्या पनि थिएन उनलाई । अपुग केही थिएन र छैन पनि । तर, पति पारसकै चिन्ताले उनी सधैँ दुःखी बुहारी भएर बस्नुपरेको छ । पति पारसको बानी व्यहोराका कारण उनी निकै तनावमा छिन् लामो सयमदेखि । पतिलाई सुधार्न उनले धेरै प्रयास गरिन् तर प्रयत्न असफलजस्तै भए । पूर्वयुवराज्ञी हिमानी पतिको दीर्घायुको कामना गर्दै आफ्नै घर प्रांगणमा रहेको मन्दिरमा दैनिकजसो पूजाआजा गर्थिन् तर पारसलाई पत्नीको त्यो कामनाप्रति कुनै साइनो थिएन । बरु पारस आफ्नै तालमा हिँड्थे, मस्ती गर्थे र आफ्नैखालको जीवन जिउँथे ।

पारस गत भदौ ११ मा बैंकक गएपछि हिमानीले एक्लो जीवन बिताइरहेकी थिइन् । हिमानी काठमाडौंमा र पारस बैंककमै थिए, एक-अर्काबीच संवादसमेत हुन छाडेको थियो तर उनीहरूको जीवनमा पागुनको पहिलो साता नयाँ मोड आयो । बैंककमै रहेका बेला पारस जीवनमरणको लडाइँ लड्नेगरी बिरामी परे, यसले हिमानीलाई झन्झन् चिन्तित बनायो । पारस बैंककमा बिरामी हुनुपूर्व कम्तिमा पनि ६ महिनादेखि हिमानी र पारसबीच फोनमा समेत संवाद हुन सकेको थिएन । बैंककमा थाई गर्लफ्रेन्ड सँग बस्दै आएका पारसलाई हिमानीको दिनचर्या र चाहनाबारे कुनै चासो थिएन ।

पारसको मदिरा लत छुटाउन हिमानीले सक्दो प्रयत्न गरिन् । एकपटक त हिमानीले पारसलाई काभ्रेको पलान्चोक भगवती मन्दिरमा लगेर ‘अबदेखि मदिरा पिउँदिनँ’ भनेर कसम खुवाउन लगाएकी थिइन् । विगतमा आफ्नो पतिलाई मदिरा र गलत साथीको संगतबाट छुटाउन हिमानीले निकै प्रयत्न गरेकी थिइन् । देशमा गणतन्त्र आएपछि हिमानी सफल पनि भएकी थिइन् । हिमानीकै सल्लाहमा पारसले पाँच वर्षअगाडि दसैँको बेला कपालको चुल्ठो काटेका थिए ।
पारस बिरामी भएकै बेला उनकी थाई प्रेमिका कर्निका लिनसँगको सम्बन्ध भने बिग्रेको छ । खासगरी पत्नी हिमानी बैंकक पुगेपछि पूर्वयुवराज पारस शाहको थाई प्रेमिका लिनसँग सम्बन्ध धरापमा परेको हो । लिन आफैँ पारससँग टाढिएकी छिन् । बैंककमा हृदयाघात हुँदा लिनले नै पारसलाई अस्पताल पुर्‍याइन् र रेखदेखसमेत गरिन् । अस्पतालमा भर्ना गरेलगत्तै उनले पारसनिकटका गैरआवासीय नेपालीलाई खबर गरेकी थिइन् । तर, हिमानी बैंकक पुगेपछि लिन पारससँग नजिक हुन सकिनन् । पारस लिनलाई आफ्नी प्रेमिका नभई साथी मात्र भएको बताउँथे । लिन काठमाडौं आएका बेला एउटा कार्यक्रममा पारससित उनको भेट भएको थियो । त्यहीँबाट पारस र लिनबीचको सम्बन्ध सुरु भएको थियो । लिन पारसलाई भेट्न काठमाडौं पनि आउने गर्थिन् ।
पारस काठमाडौंमा हुँदा हिमानीले खोलेको हिमानी ट्रस्ट पनि चर्चामै थियो । आफ्नो ट्रस्टका कार्यक्रम र प्रचार लिएर हिमानी दोलखाको गाउँ-गाउँ पुगेकी थिइन् । जब पारस बैंककमै बस्न थाले तब हिमानी ट्रस्टमा पनि क्रमशः प्रभाव पर्न थाल्यो । अहिले हिमानी ट्रस्ट गुमनामजस्तै भएको छ । पुल्चोकमा रहेको कार्यालय सारिएको छ । नयाँ कार्यालयमा पनि प्रायः ताला लागेको हुन्छ । कार्यक्रम बन्दजस्तै छ । हिमानी आफँैले त्यति ध्यान दिन छाडेकी छन् ।
cp. onlinekhabar.com

कमेन्टहरु
Loading...