भण्डारी समाज ढिकुरपोखरीको साधारणसभा सम्पन्न

पोखरा, २६ मंसिर/धनन्जय गोत्रिय भण्डारी समाज ढिकुरपोखरीको छैठौँ साधारणसभा सम्पन्न भएको छ । ढिकुरपोखरीस्थित कुल मन्दिरको प्राङगणमा भएको साधारणसभाले सचिव पुरुषोेत्तम भण्डारीले प्रगति प्रतिबेदन र कोषाध्यक्ष लोकराज भण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारी समाज नेपालका केन्द्रिय अध्यक्ष केशव भण्डारीले समाजले गोत्रिय हित मात्र नभई सम्पुर्ण मानवहितका लागि काम गर्ने प्रतिबद्धता ब्यतm गर्नुभयो । यस्तै विशेष अतिथि निर्वाचन आयोग कास्कीका प्रमुख घनश्याम भण्डारीले समाजले गर्ने हर कार्यक्रम तथा योजनामा आफनो सदैव साथ रहने प्रतिबद्धता ब्यतm गर्नुभयो । अर्का अतिथि जिल्ला प्रशाशन कास्कीका प्रशाशकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले हरेकमा परस्पर एकताको आबाश्यकता रहेको धारणा ब्यतm गर्नुभयो ।

समाजका अध्यक्ष यामप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हरिष्चन्द्र भण्डारी ले स्वागत मन्तब्य राख्नुभएको थियो भने सचिव पुरुषोत्तम भण्डारीले कार्यक्रमको संचालन गर्नुभएको थियो । यसैविच लेखनाथ १ भण्डारढिकस्थित नर्मदेश्वर मोक्ष आश्रम संरक्षण मदौरेघाटको आागमी शनिबार साधारणसभा तथा अधिबेशन आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

कमेन्टहरु
Loading...