छ महिनादेखि भट्कल पोखरामा थिए

पोखरा, १८ भाद्र इन्डियन मुजाहिद्दिनका संस्थापक सदस्य यासिन भट्कल भनिने अहमद सिद्दबाप्पा र उनका सहयोगी असदुल्लाह अख्तर ६ महिनादेखि नेपालमा बस्दै आएको खुलासा भएको आजको कान्तिपुरमा प्रतिमा बाँस्कोटाले लेखेको खबर छ । उनीहरू फेब्रुअरी २०१३ मा पाकिस्तानबाट बंगलादेश हुँदै नेपाल हुदै पोखरा आएको प्रहरी उच्चस्रोतले जनायो । नेपालरभारत सीमा र राजधानीमा भारतीय र नेपाली सुरक्षाकर्मीको नजर पर्ने भएकाले उनी त्यसबाट जोगिन कास्कीको भरतपोखरीमा गएर बसेको स्रोतले जनाएको छ । भरतपोखरी पोखरा उपमहा नगरपालिका र लेखनाथ नगरपालिकासँगै जोडिएको गाविस हो ।
bhadakalउनीहरू पोखराका विभिन्न स्थानमा रहेका मदरसामा आयुर्वेदिक डाक्टरको भेषमा नाम बदलेर बसेका थिए । भट्कलले आफूलाई इमरान खानको नामबाट चिनाउँदै आएका थिए । उनका सहयोगी असदुल्लाह युनिश खानको नामबाट चिनिन्थे । स्रोतका अनुसार उनीहरू परम्परागत इस्लामिक उपचार पद्धतिका ज्ञाता भएको जनाउँदै पछिल्ला ६ महिनादेखि डाक्टरी भेषमा बसेको स्रोतले जनाएको खबर छ ।
उनलाई पोखराबाट नै नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर रक्सौल पुर्‍याइएको स्रोतले बतायो । यसलाई भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले पनि आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ । टाइम्स अफ इन्डियाले भारतीय सुरक्षा संयन्त्रलाई उद्धृत गर्दै भट्कललाई पक्राउ गर्न नेपाल प्रहरीले विशेष मद्दत गरेको जनाएको छ ।
भट्कल सन् २०११ मा पनि नेपाल आएर पोखरामै गई बसेको भारतीय टेलिभिजन च्यानल एनडीटीभीले जनाएको छ । एनडीटीभीका अनुसार गएको मार्च महिनामा यिनीहरू कास्की जिल्लामा बसेका थिए । भारतीय प्रहरीले खोजी गरिरहेका उनी श्रीमतीलाई इद मनाउन खर्च पठाउने क्रममा पोखरामा रहेको जानकारी फेला पारेको थियो । उनले बैंकमार्फत उक्त रकम पठाउँदा परिचय खुलेपछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग मद्दत मागेको थियो । नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार पछिल्लो एक महिनादेखि भट्कलमाथि निगरानी गरिएको थियो । ुपैसा पठाउने व्यक्ति उही होरहोइन, के गरेर बसेको छ जस्ता सूचना संकलन गर्न नै समय लाग्यो,ु ती सुरक्षा अधिकारीले भने, ुधेरै समय कुरेर बसेपछि समातिएको हो ।ु
उनले बिहारकी जाहिदासँग सन् २००८ मा विवाह गरेका थिए । भारतीय प्रहरीले भट्कल पत्नीको फोन, उनको दिनचर्यामाथि निगरानी गरिरहेको थियो । त्यसका लागि इन्डियन मुजाहिद्दिनकै यासिन निकट एक व्यक्तिलाई भारतीय खुफिया एजेन्सीले सुराकी बनाएर पठाएको थियो । त्यही क्रममा पोखराबाट जाहिदालाई १ लाख भारतीय रुपैयाँ पठाएपछि प्रहरीलाई अनुसन्धान गर्न प्रमाण जुटको थियो ।
उनी पोखरामा दिनभर कोठामा लुकेर बस्ने गरेका थिए, साँझ परेपछि पनि नचिनिने पारामा बाहिर घुम्न निस्कन्थे,ु एक प्रहरी अधिकारीले भने, ुश्रीमतीलाई पैसा पठाउने क्रममा उनका सहयोगीलाई नियन्त्रणमा लिएर भट्कललाई समातिएको हो ।ु
गत बुधबार भट्कललाई भारतीय प्रहरीले नेपाल(भारत सिमाना रक्सौलबाट पक्राउ गरेको जनाएको थियो । भारतीय सञ्चार माध्यमले जनाएअनुसार असदुल्लाहको पक्राउलाई भारतीय प्रहरीले ुबोनसु का रूपमा लिएको छ । उसले भट्कललाई पक्राउ गर्दा असदुल्लाह पनि फेला परेको जनाएको छ । अजामगढ भारतका २६ वषर्ीय असदुल्लाह लनखउको इन्टेग्रेल युनिभर्सिटीमा औषधिसम्बन्धी अध्ययन गरिरहेका थिए । उनका पिता आयुर्वेदिक डाक्टर हुन् ।
 

कमेन्टहरु
Loading...