गोताखोर तालिमप्राप्त शसस्त्र प्रहरीद्वारा वेपत्ताको खोजीकार्य जारी

पोखरा, २२ चैत/बेगनासतालमा डुंगा डुब्दा बेपत्ताको खोजी कार्य तिब्र पारिएको छ । गोताखोर सम्बन्धी तालिम प्राप्त शसस्त्र प्रहरी बल कालिका गणको टोली विहानैदेखि तालमा वेपत्ताको खोजी कार्य गरिरहेको छ । यद्यपी फेला पार्न भने सकिएको छैन् । शसस्त्र प्रहरी बल कालिका गणका गणपति शम्भु उप्रेतीका अुनसार प्रहरी निरिक्षक सुदिप रेग्मीको नेतृत्वमा तालिमप्राप्त २१ जनाको टोलीले डुंगा दुर्घटना भएको ठाँउमा खोजीकार्य गरिरहेको छ । खोजी कार्यमा शसस्त्र प्रहरीसँगै जनपद प्रहरी एवं स्थानीय डुंगा व्यवसाय समेतले सहयोग गरिरहेका छन् । हावाहुरीको समयमा डुंगामा सयर गर्नेक्रममा पोखरा उपमहानगरपालिका १० रामबजारका २० वर्षिय प्रकाश गुरुङ, १९ वर्षिया सुष्मा गुरुङ र ३५ वर्षिया पुष्पा गुरुङ बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजीकार्य भईरहदाँ बाच्नेसक्ने अवस्था नरहेको समेत प्रहरीको भनाई थियो ।

दुर्घटनामा २० वर्षिया रिता गुरुङ, ९ वर्षिय कुमार गुरुङ र १३ वर्षिय सिम्रन गुरुङलाई भने स्थानीय डुंगा व्यवसायीले उद्दार गरेका थिए । तीन वर्षिया अनुष्का गुरुङ र दुई वर्षिया ईविना गुरुङको उपचारको क्रममा मृत्यु भएको थियो । नयाँवर्ष शुरुहुन केही समय बाँकी रहदाँ सर्वसाधारणहरु होलिडे मनाउन पोखरा आउने गरेका छन् । पोखरा आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकहरु तालमा सयर गर्न पुग्ने गरेका छन् ।

कमेन्टहरु
Loading...