बतास अर्गनाइजेशनद्धारा सुविधा सम्पन्न होटल क्वारेन्टाइनलाई दिने

पोखरा, १० चैत / बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले विश्वमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सुविधासम्पन्न होटल सरकारलाई उपलव्ध गराउने भएका छन् ।

बतास अर्गनाइजेशनको स्वामित्वमा काठमाडौँ तिलगङ्गामा रहेको अन्तरराष्ट्रियस्तरको धर्मशाला भवन (होटल आनन्द पशुपति) कोरोनाको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि क्वारेन्टाइन बनाउन सरकारलाई उपलव्ध गराएर सहयोग गर्ने बताएका अध्यक्ष बतासले बताएका छन् ।

सो भवनमा ८० कोठाको तातोपानीको सुविधा सहितको अट्याच कोठा, टेलिभिजन, चार सय जना क्षमताको हल, एक सय जना क्षमताको डाइनिङ रुम तथा ६५ गाडी अटाउने क्षमता रहेको पार्किङ, बगैँचा तथा ध्यान केन्द्र लगायतका सुविधा उपलव्ध रहेको बताइन्छ ।

“विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासबाट हाम्रो देश पनि मुक्त छैन । नेपालमा कोरोना संक्रमण फैलन नदिन जसरी सरकारले प्रयास गरेको छ त्यसमा हाम्रो तर्फबाट पनि केही सहयोग उपलव्ध गराउने उद्धेश्यले सुविधासम्पन्न भवन क्वारेन्टटाइनलाई दिने भएका हौँ।” अध्यक्ष बतासले भने ।

कमेन्टहरु
Loading...