उत्सवमय जीवन रह्स्यहरु विषय त्रिदिवसीय प्रशिक्षण

पोखरा, १३ फागुन/ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र पोखराको अयोजनामा उत्सवमय जीवन रह्स्यहरु विषय त्रिदिवसीय प्रशिक्षण कार्यक्रम हुने भएको छ । पोखरा उद्योग बाणिज्य संघको आगामी फागुन १६ गतेदेखी १८ गतेसम्म प्रशिक्षण हुने ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले आज आयोजीत  पत्रकार सम्मेलनको दिएको हो । प्रशिक्षण भारतको मुम्बइ सहरका प्रखर बक्ता राजयोगि इ.भि गिरीसनाथनले दिने भएका छन् । वर्तमान समय मानवभित्र व्याप्त अशान्ति एवं तनावलाई सही व्यवस्थापन गरी जीवनमा खुशी, सुख, शान्ति प्रेम, आनन्द एवम सम्पूर्ण स्वास्थ्यको अनुभुति गर्दै जीवनलाई उत्सवको रुपमा परिणत गर्न प्रोत्साहित गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको आयोजकले जनाएको छ । तिन दिने प्रशिक्षणमा ‘स्व व्यवस्थापन एवं आफूभित्रको हिरोको पहिचान, स्वास्थ्य तपाईको हातमा र तनाव व्यवस्थापन एवं सम्बन्धमा सुमधुरता’ विषय रहने पनि आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...