बर्जर पेन्टस्ले ३ लाखको रंगले लेकसाईड रंगाउने

पुस १०, कास्की/बर्जर पेन्टस्ले करीब ३ लाख रुपैया बराबरको रंगले पोखराको पर्यटकीय क्षेत्र लेकसाईडमा रंगाउदै छ । अग्रेंजी नयाँको अवसरमा लेकसाईडमा आयोजना हुदै आएको पोखरा सडक महोत्सवको अवसरमा बर्जर पेन्टस्ले महोत्सव स्थलमा राम्रो देखाउन तथा आफ्नो व्यावसाय प्रवद्र्धन गर्न उत्त रकम बराबरको पेन्टस गर्न लागेको बर्जर पेन्टस् पोखरा शाखाका एरिया सेल्स म्यानेजर चन्द्र शेखर दासले बताए ।

उनले विगत ५ बर्ष देखि महोत्सवलाई सफल पार्न बर्जर पेन्टस्ले लेकसाइृड क्षेत्रमा पेन्टस गर्दै आएको बताए । बर्जर पेन्टस्ले महोत्सव स्थल लेकसाईडको फिस्टेल गेटदेखि अम्मट, गौरीघाट, बाराहिचोक खहरे हुदै डिहिको पाटनसम्म करीब ३ किलोमिटर सडकको क्षेत्रको दाया बाँया सडक किनारामा सेतो, कालो रंग लगाउदै छ ।

वर्जस जेन्सन एण्ड निकोल्सन नेपाल प्रालि काठमाण्डौमा प्रधान कार्यालय रहेको बर्जर पेन्टस्को शाखा कार्यालय पोखराले गत बर्ष १६ करोडको बिभिन्न २० थरीका रंगहरु विक्रि गरेको जनाएको छ । यस बर्ष पोखरामा करीब ६ महिनामा ८ करोडको व्यावसाय भएको पोखरा शाखाले जनाएको छ ।
रेष्टुरेष्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा पौष १३ देखि १७ गतेसम्म संचालन हुन लागेको १४ औं पोखरा सडक महोत्सव २०१२÷१३ को तयारी पुरा भएको रेवान पोखराका अध्यक्ष गोपी भट्टराईले बताए ।

कमेन्टहरु
Loading...