नेकपा-माओवादीको बन्दका कारण देशभरको जनजीवन प्रभावित

८ फागुन, काठमाण्डौं । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रमुख दलहरुको निर्णयको विरोध तथा दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याको अभियोगमा पक्राउ परेका आफ्ना कार्यकताको रिहाईको माग गर्दै नेकपा-माओवादीले गरेको बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ । नेकपा-माओवादीका कार्यकर्ता सडकका चोक चोकमा भेला भएर प्रर्दशन गरिरहेका कारण सवारीका सधान, पसल तथा विद्यालय ठप्प भएका छन् ।

एम्बुलेन्स, पर्यटक, प्रेस, तरकारी बोकेका सवारीलार्इ चल्न दिने बन्दकर्ताले बताए पनि बन्दको बेला सवारीसाधन चलाएको भन्दै काठमाडौंको नयाँवानेश्वर चोकमा बन्दकर्ताहरुले कान्तिपुर टेलिभिजनको एउटा गाडीमा तोडफोड गरेका छन् भने सगरमाथा टेलिभिजनको गाडीमाथि पनि तोडफोड भएको छ ।

बन्दका कारण अरनिको राजमार्गबाट रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे र बीपी राजमार्ग भएर सिन्धुली-बर्दिबास हुदैँ तराईका विभिन्न जिल्ला तर्फ जाने र राजधानी भित्रिने कुनै पनि सवारी साधन सञ्चालनमा नरहेको जगाती प्रहरी चेक पोष्ट भक्तपुरले जनाएको छ । cp.

कमेन्टहरु
Loading...