अल नेपाल ब्याटल अफ दि ब्याण्ड

पोखरा, ६ भदौ/ अन्डरग्राउण्ड ब्याण्डहरुलाई सांगीतिक आधार दिने उद्देश्यले ओडेसी जोराट्रिज्मले देशभरका ब्याण्डहरुबिच रियालिटि शो गर्ने भएको छ । ‘अल नेपाल ब्याटल अफ दी ब्याण्ड’ नाम दिईएको रियालिटि शोको आगामी अक्टोबर ६ बाट अडिसन शुरु हुने भएको हो । रियालिटि शोको पोखरा, बुटवल, धरान, दमक, नारायणघाट, हेटौडा र काठमाण्डौमा छुट्टाछुट्टै अडिसन हुने आयोजकले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।

‘विशेषगरि रक, मेटल र पप संगीतलाई आधार मानेर ब्याण्डहरुबीच प्रतिस्पर्धा गराईनेछ ।’ सोमबार पोखराको रंग पत्रकार समुहको संयोजनमा भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका पोखरा संयोजक अजय गौचनले भने–‘अनुपातिक रुपमा संगीतको यी विधाहरु अन्डरग्राउन्ड मात्रै रहेकोले तिनिहरुलाई बाहिर ल्याउने कार्यक्रमको उद्देश्य हो ।’ विभिन्न स्थानमा हुने अडिसन राउण्डमा एउटा ब्याण्डले एउटा मात्रै विधामा सहभागिता जनाउन पाउने गौचनले बताए ।

तीन वटा विधामा एकै पटक हुन लागेको रियालिटि शो मा छुट्टाछुट्टै ब्याण्डलाई विजेता घोषणा गरिने आयोजकले जनाएका छन् । बेस्ट रक ब्याण्ड, बेस्ट पंक ब्याण्ड र बेस्ट मेटल ब्याण्ड छनौट गरि नेपालमा अन्डरग्राउण्ड रहेका यी संगीतको विधालाई उकास्ने प्रयास थालिएको आयोजकको दावी छ । ६ अक्टोबरमा पोखराबाट अडिसन शुरु हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट हुने प्रत्येक विधाका ब्याण्डहरुलाई छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको कार्यक्रमका पोखरा संयोजक गौचनले जानकारी दिए । उत्कृष्ट हुने प्रत्येक विधाका ब्याण्डहरुले एउटा एल्बम, म्युजिक भिडियो, ट्रफि र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । त्यस्तै टप टेनमा पर्ने ब्याण्डहरुको समेत गीतहरु समेटेर एल्बम तयार पारिने उनले बताए ।

त्यो संगै बेस्ट गिटारिस्ट, बेस्ट ड्रमर, बेस्ट बेस गिटारिस्ट, बेस्ट भोकलिस्टलाई पनि पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगितामा नेपालभरका १ सय ५० अन्डरग्राउन्ड ब्याण्डहरुले सहभागिता जनाउने आयोजकको अनुमान छ ।

कमेन्टहरु
Loading...