बेगनासमा ढुङ्गा पल्टीँदा २ बालिकाको मृत्यु, तीन बेपत्ता

पोखरा, २१ चैत्र/लेखनाथको बेगनास तालमा भएको डुङ्गा दुर्घटनामा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई वर्षिय वालिका ईविना गुरुङ्ग र तीन वर्षिय अनुष्का गुरुङ्ग रहेका छन् ।

उनीहरुको पश्चिमाञ्चाल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ३ जना तालमै हराईरहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजीकार्य जारी रहेको भएपनि अहिलेसम्म फेला पार्न नसकिएको जनाइएको छ । ३ जनाको भने तालबाट जिवितै उद्धार गरिएको छ ।

दिऊसो हावाहुरि सहित परेको पानीले डुङ्गा पल्टीदा बालिकाहरुको ज्यान गएको हो । डुङ्गामा ८ जना सवार रहेका थिए । पोखरा राम बजारका उनिहरु बेगनास तालमा घुम्न गएको बुझिएको छ ।

कमेन्टहरु
Loading...