साहसिक खेलमा भाग लिन जान पैसाको अभाव

सागर राज तिमिल्सिना
पोखरा, ४ असार/विश्वमै साहसिक मानिएको रेडबुल एक्स–आल्पस (ह्(ब्ीएक्) को प्रतियोगितामा छानिएका नेपाली प्याराग्लाईडिङ पाईलट सानोबाबु सुनुवार यतिखेर निकै नै अन्योलमा छन् । आगामी जुलाई ७ मा हुनेस्पर्धाको अन्तिम छनौटमा परेका उनले आर्थिक अभावमा प्रतियोगितामा सहभागिता जनाउन नसक्ने अवस्था आएको बताएका छन् ।

प्याराग्लाईडिङमा उडेर, दौडेर र हिडेर गरिने स्पर्धाको २०१३ को संस्करणका लागि उनी विश्वभरका हजारौं साहसिक पाईलटबिचबाट छनौटमा परेका थिए । विभिन्न २१ देशका ३१ जना स्पर्धिमध्ये नेपाली साहसिक पाईलट सुनुवार छनौटमा परेपनि अहिले खर्च अभावमा सहभािगता जनाउन नसक्ने अवस्थामा पुगेको उनले बताए ।

यूरोपका विभिन्न देशका अग्ला डाँडा, झाँडी, नदीनाला पार गर्दै गरिने यो श्पर्धा निकै जोखिम र चुनौतीपूर्ण मानिन्छ । प्रतिश्पर्धिले अष्ट्रियाको साल्जवर्गबाट सुरु गरेर फ्रान्सको मोनाकोसम्मको करिब ९ सय किलोमिटर दुरी प्याराग्लाईडिङबाट उडेर वा दौडेर र हिडेर पुरा गर्नुपर्नेछ । उड्ने, हिड्ने र दौड्ने बिधामा रेकर्ड कायम गरेका व्यक्ति नै यो प्रतियोगिताको छनौटमा पर्ने गर्छन् ।

‘दुई महिना अघि नै प्रशिक्षणका लागि त्यहाँ पुगिसक्नुपर्ने हो, तर आर्थिक अभावमा अहिलेसम्म जान सकेको छैन’ उनले भने, ‘यसले मलाई साह्ै नै दुखि तुल्याएको छ । साहसिक प्रतिश्पर्धिमा छानिएपनि आर्थिक अभावमा सहभागिता जनाउन नसक्ने अवस्था आएको छ ।’ प्रतिश्पर्धामा भाग लिन जानका लागि करिब १० लाख रुपैयाँ खर्च लाग्ने भएपनि पैसा नभएपछि जान नसकेको उनले बताए । साहसिक प्रतिश्पर्धामा सहभागि भएर नेपाल र नेपालीको नाम राख्न चाहेपनि आर्थिक समस्याले असम्भव भएको उनले बताए । सरकारी तवरबाट कुनै सहयोग नभएको उनले बताए ।

सर्वाेच्च शिखर सगरमाथादेखि समुन्द्री सतह (समिट टु सि) सम्म प्याराग्लाईडिङमा उडेर किर्तिमानी पनि राखि सकेका छन् । सगरमाथाबाट उड्नमा उनलाई लाक्पा छिरी शेर्पाले सघाएका थिए । त्यी उठान पछि नेशनल ज्योग्राफिक च्यानलले सुनुवार सहित लाक्पा छिरी शेर्पालाई २०१२ को ‘वर्षका साहसिक व्यक्ति’ (द्दण्ज्ञद्द एभयउभिुक ऋजयष्अभ ब्मखभलतगचभचक या तजभ थ्भबच० को उपाधि दिएको थियो ।

उनले केहि दिन पहिले अफ्रिकी महादेशको सबैभन्दा अग्लो हिमाल किलिमान्जारो (प्ष्ष्mिबलवबचय) को उडानमा पनि किर्तिमान राख्न सफल भएका थिए । किलिमान्जारोबाट प्याराग्लाईडिङमा उडेका सुनुवार आधिकारीक रुपमा किलिमाञ्जरोबाट प्याराग्लाइडिङमा उड्ने पहिलो व्यक्ति बन्न सफल भएका छन् ।

कमेन्टहरु
Loading...