आज विश्व औलो दिवस, १३ वर्षपछि मात्र औलो पूर्ण रुपमा हट्ने

१२ वैशाख, काठमाण्डौं । आज विश्व औलो दिवस, ‘भविष्यमा लगानी गरौं, औलो रोग हराऔं’ भन्ने नाराका साथ विश्वभर मनाइदैछ । नेपालमा सन् १९७८ देखि औलो उन्मूलन कार्यक्रम सञ्चालन गरिए पनि बर्सेनि करिब तीन हजार औलो रोगी भेटिने गरेको स्वास्थ्यसेवा विभागले जनाएको छ ।

हरेक बर्ष ३ हजारभन्दा रोगीको संख्या नघटेकाले आलोचना पनि भइरहेको छ । विभागले तीन हजार कडा खालका र ६० हजार अनुमान रोगी रहेको बताएको छ ।  सन् २०१६ सम्म औलो सर्ने डरलाई कम्तीमा पनि ९० प्रतिशतले कम गर्ने लक्ष्य राखिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा. जिडी ठाकुरले बताउनुभयो ।

त्यस्तै आउदो १३ बर्षमा नेपाल पूर्ण औलो मुक्त बनाउने लक्ष्य राखिएको छ । औलो ग्रसित क्षेत्रलाई जोखिमका आधारमा वर्गीकरण गरी रोगको शीघ्र निदान र तत्काल नेपालका तराई क्षेत्रका ३१ वटा जिल्ला औलोको जोखिममा छन् । असार, साउन र भदौ महिनामा यो रोग बढी देखिने गर्छ । नेपाल र भारतबीचको खुला सिमानाबाट आयातीत औलो बिरामी, औषधिको प्रतिरोध, औलोको शीघ्र परीक्षण सामग्रीको जथाभाबी प्रयोग र आवश्यक कानुनको अभाव नै औलो उन्मूलनका प्रमुख चुनौती रहेको निर्देशक डा. ठाकुरले जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठनको आहृवानमा सन् २००८ देखि विश्व औलो दिवस मनाउन थालिएको हो । cp. onlinekhabar

कमेन्टहरु
Loading...