आर्जना श्रेष्ठ स्मृति प्रतिष्ठान स्थापना

आर्जना श्रेष्ठ स्मृति प्रतिष्ठान स्थापना गरिएको छ । प्रतिष्ठानले १ लाख ५० हजार बराबरको अक्षयकोष समेत स्थापना गरेको आर्जनाका बाबु साहित्यकार दिलिप दोषीले बताए । दोषीले उक्त रकम बराबरको चेक समेत प्रतिष्ठानका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन ।

आर्जना गत बर्ष तातोपानीमा बनभोज खाना जाँदा सेतीनदीको बाढीमा परी मृत्यु भएको थियो । दोषीले १ लाख बाँकी रकम आर्जना अध्ययन गरेको बिद्यालय निलगिरी बोडीङ स्कुलबाट संकलन भएको प्रतिष्ठानले जनाएको छ । आगामी बर्षदेखि एक÷एक जना छात्र÷छात्रालाई आर्जना श्रेष्ठ स्मृति सम्मानबाट सम्मान गरीने भएको छ ।

त्यसै गरी कुमुदिनी होम्स उच्च माविले ४६ जना सेतीनदी बाढी प्रभावीत वालवालीकाहरुको लागि झोला तथा स्टेस्नरी उपलब्ध गराएको थियो । कुमुदिनी होम्सका अखिलेस पालिखे र कुशल पालिखे लगायतले उक्त सामाग्रि वितरण गरेका हुन् ।

 

कमेन्टहरु
Loading...