अर्गानिक कृषि सहकारीद्धारा जिवाँमृत उत्पादन शुरु

पोखरा, १३ फागुन/प्राङगारीक कृषि उत्पादनमा संलग्न अर्गानिक कृषि सहकारी संस्था टुटुङगाले जिबाँमृत उत्पादन शुरु गरेको छ । जिबाँमृतको प्रयोगले बालीनालीमा रोगकम लाग्नुको साथै रासायनिक बिषादीको प्रयोग गर्न नपर्ने भन्दै अर्गानिक कृषि सहकारीले उत्पाद शुरु गरेको हो । जिबाँमृत उत्पादनको नेकपा एमालेका उपाध्यक्ष एवं अखिल नेपाल किसान महांसघका केन्द्रीय अध्यक्ष बामदेव गौतमले उदघाटन गरे । गौतमले किसानहरुलाई रासायनिक मल भन्दा पनि प्राङगारीक मल विषादी प्रयोग गर्दा उत्पादन वढी हुने बताउदै जिबाँमृतको उत्पादन वढाउन सके नेपाललाई केही बर्षमै रासायनिक मल विषादी मुक्त राष्ट्र बनाउन सकिने बताए । स्वस्थ्य वाली उत्पादनको लागी माटोमा १६ तत्व आवश्यक हुने भन्दै जिवामृतमा विरुवालाई चाहिने १६ तत्व पाईने हुँदा जिवामृत प्रयोग गर्न अर्गानिक कृषि सहकारी सस्थाका अध्यक्ष माया केसीले आग्रह गरिन् ।

१०० लिटर जीवामृत उत्पादन गर्नको लागि १० लिटर गाईको गहुँत, १० किलो गाईको गोवर, २ किलो भेली, १ पाउ वनको माटो र २ केजी दुई दलीय पिठो ड्रममा राखेर १ हप्ता सम्म दिनको ३ पटक घडीको सुई घुमाएझै चलाएर दिनको २१ मिनेट ७ दिनसम्म चलाउनुपर्दछ । जीवामृतमा विरुवालाई चाहिने नाईट्रजन, फोेस्फेरस, क्याल्सियम, म्याग्नेसियम लगायतका तत्वहरु पाईने कार्यक्रममा सहभागीहरुले वताएका थिए ।

कमेन्टहरु
Loading...