सुरक्षित छैन अपाङ्गको मताधिकार

कलेन्द्र सेजुवाल
सुर्खेत– गत संविधानसभा निर्वाचनमा बर्दिया कालिकाका धनबहादुर बिकले आपूmले इच्छाएको ठाउँमा भोट हाल्न पाएनन् । उनलाई मतदानस्थल लग्ने व्यक्तिले उनले भनेको चुनाव चिन्हमा नभई अर्कै चिन्हमा भोट हाले । दृष्टिविहीन धनबहादुरसँग आप्mनो मताधिकार अरु कसैले दुरुपयोग गर्दा चुपचाप सहनुको विकल्प रहेन । हुम्लाको श्रीमष्टा गाविसमा २५ जना अपाङ्गता भएका मतदाता छन् । त्यहाँका दुई मतदान केन्द्रमा पुग्न स्थानीयलाई सरदर पाँच घण्टा हिँड्नुपर्छ । यस्तो अवस्थामा अपाङ्गता भएका ती व्यक्तिलाई कसरी मतदानमा सहभागी गराउने भन्ने सरकारसँग कुनै उपाय छैन ।यी केही दृष्टान्त हुन्, जसले अपाङ्गता भएका मतदातालाई संविधानसभा निर्वाचनमा सहभागी हुन र आप्mनो मताधिकार सही रुपमा प्रयोग गर्न चुनौती दिएका छन् । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कलाई आधार मान्ने हो भने मध्यपश्चिम क्षेत्रमा मतदान गर्ने उमेरका करिब ५४ हजार आठ सय अपाङ्ग व्यक्ति छन् । तिनीहरुमध्ये कतिजना फोटोसहितको मतदाता सूचीमा सूचीकृत भएका छन् भन्ने जिल्ला निर्वाचन कार्यालयहरुमा तथ्याङ्क छैन । न त सूचीकृत भएकालाई उनीहरुको मताधिकार कसरी पूर्ण सुरक्षित गर्ने भन्ने ठोस नीति नै छ ।

हुम्लाका जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद पोखरेल भौगोलिक विकटताको कारण अपाङ्गता भएका मतदातालाई चुनावमा सरिक गराउनु निकै चुनौती भएको बताउँछन् । ‘मतदान केन्द्र टाढा हुँदा सपाङ्ग व्यक्तिलाई त भाग लिन गाह्रो भइरहेको छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा अपाङ्ग मतदातालाई समेट्नु निकै चुनौती हुनेछ ।’ उनका अनुसार हुम्लाका करिब आधा मतदातालाई मतदानस्थल पुग्न पाँच घण्टादेखि पाँच दिनसम्म लाग्छ । अपाङ्गता भएका व्यक्तिहरु आपैm हिँडेर वा अरु कसैले बोकेर पु¥याउन पनि निकै असंभव हुने उनी बताउँछन् ।

अपाङ्गता भएका मतदातालाई हुम्लाजस्तो विकट जिल्लामा मात्र हैन, तराईका समथर भूभागमा पनि उत्तिकै असहज हुने गरेको छ । दृष्टिविहीन र ह्वीलचेयरको सहारामा हिँडडुल गर्ने व्यक्तिहरु यसको मारमा अझ बढी पर्ने गरेका छन् । वीरेन्द्रनगरका समरबहादुर मल्ल २०६४ को निर्वाचनमा ह्वीलचेयरको सहाराले बजारस्थित मतदान केन्द्रसम्म पुगे । तर, उनलाई मतदानको लागि दुईजनाले बोकेर भित्र लग्नुप¥यो । ‘मेरो त चिनेजानेका सहयोगीहरु थिए, त्यसैले आप्mनै हातले भोट हाल्न पाएँ,’ उनले भने, ‘मजस्ता अरु थुप्रै साथीहरु घरै बसे वा चुनावमा गएका पनि मतपत्र अरुलाई थमाएर बाहिरैबाट घर फर्किए ।’
दृष्टिविहीन मतदाताको पीडा बर्दियाका धनबहादुरको भन्दा भिन्न छैन ।

सुर्खेत नेत्रहीन संघका अध्यक्ष सुरेश खड्का आपूmले विश्वास गरेको व्यक्तिसँग पनि ढुक्क हुन नसकिने बताउँछन् । ‘आपूmले आँखा नदेख्ने भएपछि अरुले आप्mनो इच्छाअनुसार भोट हाल्नु स्वाभाविकै हो,’ उनी भन्छन्, ‘त्यसैले हामीजस्ता दृष्टिविहीनको मताधिकार अरुले प्रयोग गर्ने संभावना धेरै हुन्छ ।’
उनको विचारमा दृष्टिविहीनको मताधिकार सुरक्षित गर्ने दुई उपाय हुन सक्छन् । पहिलो– गोपनियताको संवेदनशीलतालाई ख्याल नगरी ठूलो स्वरमा आपूmले चाहेको चिन्हमा भोट हाल्न लगाउने । दोस्रो– मतदान अधिकृत वा आपूmले अत्यन्त विश्वास गरेको व्यक्तिलाई अरुले निगरानी गर्न पाउने ठाउँमा मतदान गर्न दिने । यद्यपि, एक भोटको लागि यति झन्झट गर्न नचाहने भएकोले धेरै दृष्टिविहीन मतदाताहरु चुनावप्रति आकर्षित हुन नसकेका उनी बताउँछन् ।

सुर्खेतका जिल्ला निर्वाचन अधिकारी तीलक रिजाल सबैखाले निर्वाचनमा आमजनताको सहभागिता गराउन अपाङ्गमैत्री वातावरण बनाउनुपर्ने बताउँछन् । ‘यसको लागि अपाङ्ग व्यक्तिलाई मतदाता नामावलीमा सूचीकृत गराउनेदेखि लिएर मतदानको बेला घरबाट मतदानकेन्द्रसम्म सुरक्षित तबरले पु¥याउने व्यवस्था गरिनुपर्छ,’ उनी भन्छन्, ‘मतदान केन्द्रमा समेत स्वतन्त्रपूर्वक मतदान गर्ने अवस्था निर्माण गरियो भने अपाङ्गता भएका मतदाताको मताधिकार संरक्षण हुन सक्छ ।’

निर्वाचन आयोगले शनिबारदेखि ६० दिने मतदाता शिक्षा अभियान सुरु गरेको छ । यो अभियानलाई विगतमा सञ्चालित मतदाता नामावली संकलन अभियानजस्तो नबनाउन राष्ट्रिय अपाङ्ग महासंघले माग गरेको छ । महासंघका अनुसार आयोगले विगतमा सञ्चालन गरेको मतदाता नामावली संकलन अभियान ‘अपाङ्ग केन्द्रित’ नहुँदा अपाङ्गता भएका धेरै मतदाता छुटेका थिए । बाँके, बर्दिया र दाङमा गरिएको ‘बेसलाइन सर्भे’मा पाँच सय ४७ जना अपाङ्ग व्यक्ति सूचीभन्दा बाहिर भेटिएका महासंघका मध्यपश्चिम क्षेत्रीय कोषाध्यक्ष कृष्ण गौतमले बताए ।

‘कतिपयलाई मतदाता नामावलीबारे थाहा थिएन, थाहा भएकाहरु पनि हिँडेर जान नसक्दा छुटेका भेटिए,’ महासंघका मध्यपश्चिम क्षेत्रीय कोषाध्यक्ष कृष्ण गौतमले भने, ‘हामीले उनीहरुलाई थपिएको एक हप्तामा सूचीकृत हुन सघायौँ ।’ मतदान केन्द्रदेखि टाढा रहेका अपाङ्गता भएका व्यक्तिलाई सरकारले आवतजावतको भरपर्दो र सुरक्षित व्यवस्था गर्नुपर्ने उनी बताउँछन् । त्यसो नभए उनीहरुलाई मतदानस्थलसम्म जसले बोकेर पु¥याउँछ, उसैले मताधिकार प्रयोग गर्ने निश्चित छ ।

यी हुन् चुनौती ः
मतदान केन्द्रसम्म पुग्न समस्या
विश्वासी व्यक्तिले अन्यत्रै मतदान गर्ने संभावना
गोपनियता भंग हुने खतरा

मताधिकार सुरक्षाका उपाय ः
सरकारले केन्द्रसम्म ल्याउने व्यवस्था मिलाउनुपर्ने
मतदान केन्द्र अपाङ्गमैत्री बनाउनु पर्ने
अपाङ्ग व्यक्तिले अरुले सुन्नेगरी आपूmले इच्छाएको ठाउँमा मतदान गराउन सक्ने

कमेन्टहरु
Loading...