अन्नपूर्णको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम ७ जना सम्मानित

पोखरा, १३ वैशाख/रेडियो अन्नपूर्णले आफ्नो १३ औं वार्षिकोत्सव सेतीबाढी प्रभावितलाई घर हस्तान्तरण र स्मृति पार्कको शिलान्यास गरेर मनाएको छ । गतवर्ष बैशाख २३ गते अकल्पनीय रुपमा आएको सेतीबाढीले सबै भन्दा क्षति पु¥याएको तातोपानी—खारापानीमा एक भव्य समारोहबीच स्मृति पार्कको पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले स्मृति पार्कको शिलान्यास गर्नुभयो ।

सोही अवसरमा रेडियो अन्नपूर्णले सेती बाढीपीडितको लागि स्थापना गरेको अन्नपूर्ण राहत कोषको पूनर्वास कार्यक्रम अन्र्तगत सानो खोवाङ्गमा निर्माण गरिएको नौ वटा घर पनि हस्तान्तरण गरिएको हो । प्रमुख अतिथि देउवा, तमु धिं नेपालका अध्यक्ष कर्म तमु, कास्कीका प्रमुख जिल्ला अधिकारी ईश्वराज पौडेल, प्रमुख जिल्ला अधिकिारी यादवप्रसाद कोइराला, प्राज्ञ हरिदेवी कोइराला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतिक, रेडियोका प्रवन्ध निर्देशक सुनयना पालिखेले घर नम्बर लेखिएको बोर्ड हस्तान्तरण गर्नुभएको हो ।

बाढीबाट विस्थापित भएकालाई स्थापित गरिएको सानो खोवाङ्गमा पीडित परिवारको जानकारी समेटर बनाइएको शिलालेखको कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले अनावरण गर्नुभयो । बाढीबाट पीडित मने तामाङ, रत्नमाया मगर, कैले मगर, माने तामाङ, केशव मगर, यमबहादुर मगर, छेन लामा र मनबहादुर मगरका परिवारलाई स्थापित गरिएको हो । उनीहरुलाई जिविकोपार्जनको लागि प्रत्येक परिवारलाई एक÷एक वटा बाख्रा र १०÷१० वटा कुखुराको चल्ला पनि कार्यक्रमका प्रमुख अतिथि देउवाले हस्तान्तरण गर्नुभयो । कार्यक्रममा रेडियोले प्रत्येक बर्ष प्रदान गर्दै आएको ‘पोखरा विकास रत्न’ बाट विकासका अभियन्ता तथा शिक्षासेवी डाक्टर शंकरराज पाठकलाई सम्मान गरिएको छ ।

प्राध्यापक पाठक गण्डकी अञ्चलको अञ्चलाधीश भएको बेलामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण, पोखराको बसपार्कको अवधारणा, पोखराको पहिलो गुरु योजना निर्माण, न्यूरोडको बाटो खोल्ने कार्य तथा पर्यटन क्षेत्रको प्रर्वद्धन गरी हालको पोखरालाई दुुरगामी सकारात्मक प्रभाव पार्ने दुरदर्शी निर्णय र काम गर्नुभएको थियो । वि.स.२०३० पुषदेखि २०३३ साल भदौसम्म गण्डकीको अञ्चलाधीश रहनु भएको पाठक सरस्वती बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस चिफ र पछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुनु भएको थियो । पोखरा रत्न छनौट समितिमा रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखे, पर्यटनविद् तथा पोखरा रत्न २०६७ बाट सम्मानित झलक थापा, समाजसेवी तथा तमु धिँ नेपालका अध्यक्ष कर्म तमु, अग्रज पत्रकार नारायण कार्की र शिक्षासेवी अशोक पालिखे रहनु भएको थियो ।

बार्षिकोत्सवकै अवसरमा रेडियोले यसवर्ष संगीत क्षेत्रमा योगदान पु¥याएको भन्दै ‘संगीत प्रतिभा सम्मान’ २०६९ बाट संकलक, गायक तथा संगीतकार धनबहादुर गुरुङ, उदीयमान गायिका शान्ति गुरुङलाइ ‘आर्टिष्ट अफ दी इयर’ बाट सम्मान गरिएको थियो । व्याण्डहरुको राजधानीको रुपमा चिनिएको पोखरामा गतिविधि निष्क्रिय रहेको अवस्थामा द एज व्याण्डले देश विदेशमा सांगीतक यात्रालााई जारी राख्दै सागीतिक गतिविधिलाई व्यूताउन सफल भएकोमा प्रोत्साहन स्वरुप ‘व्याण्ड अफ दी इयरबाट सम्मान गरिएको थियो ।

रेडियो आफ्ना कर्मचारीलाई उर्जाशिल बनाउन प्रत्येक वर्ष प्रदान गर्र्दै आएको स्टाफ अफ दी इयरबाट बरिष्ठ समाचारवाचक सन्देश श्रेष्ठ र को–अर्डिनेटर अफ दी इयरबाट शोभा नेपाललाई सम्मान गरिएको थियो । श्रेष्ठलाई प्रमुख अतिथि देउवा र कास्कीका प्रमुख जिल्ला अधिकारी कोइरालाले सम्मानपत्र र नगद ७ हजार ७ सय ७७ ले सम्मान गर्नु भयो भने नेपाललाई रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखे र निर्देशक शुशीलकुमार लामाले सम्मानपत्र र १ हजार १ सय ११ ले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा सेतीबाढी पीडितको लागि घर निर्माण गर्नको स्थानीयस्तरबाट विशेष सहयोग गर्नुहुने देवबहादुर पूनलाई पनि रेडियोले सम्मान गरेको थियो । सोही कार्यक्रममा सेतीबाढी पीडितको लागि रकम संकलन गरी पीडित घाउमा मल्हम पट्टी लगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै माछापुच्छ«े गाविसले रेडियो अन्नपूर्णलाई सम्मान गरेको थियो ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको निर्णय, जिल्ला विकास समिति कास्कीको प्राविधिक सहयोग, सर्वक्षिय र पीडितको सिफारिसमा अन्नपूर्ण राहतकोषबाट सानो खोवाङ्गमा ९ घर निर्माण गरिएको हो । रेडियोका स्रोता, शुभेच्छुकको सहयोगमा अन्नपूर्ण राहत कोषमा कुल ६४ लाख ७६ हजार संकलन भएकोमा, १३ औं चरणसम्म ४४ लाख ७० हजार ५ सय ५१ रुपैयाँको राहत हस्तान्तरण गरिएको छ भने अव व्याजसहित २१ लाख ३४ हजार ६३० रुपैयाँ बाँकी रहेको छ । तातोपानी—खारापानीमा स्मृति पार्क निर्माणमा सदुपयोग गरिने श्रेष्ठले बताउनुभयो । पार्क निमार्णको लागि राज्यको पनि ध्यानाकर्षण गराईदिन सार्दीखोलाबासीका तर्फबाट सार्दिखोला पोखरा सम्पर्क समितिले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । सार्दीखोलामा स्थानीय आमा समुह, क्लव, पोखराका उद्योगि व्यवसायी, सहित्यकार, खेलाडी, संचारकर्मी, राजनीतिक दलका प्रतिनिधि लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

कमेन्टहरु
Loading...