फुटबल खेलाडी अनिल ओझाको नाकको अप्रेसन

सागर राज तिमिल्सिना /पोखरा, ७ बैशाख /फुटबल खेलाडी अनिल ओझाको नाकको अप्रेसन भएको छ । उनको पोखरको मणिपाल शिक्षण अस्पतालमा नाकको अप्रेसन भएको हो । चैत्र २८ गते भर्ना भएका ओझाको ३० गते अप्रेसन भएको थियो । उनलाई अस्पताले विहिबार डिस्र्चाज गरेको थियो । उनि अहिले पोखरा ६ जरेवरमा आराम गरिरेहका छन् ।

थ्रीस्टार क्बलबाट फुटबल खेल्दै आएका ओझा केहि दिन अगाडी काठमाडौमा प्रशिक्षणको क्रममा उनि घाइते हुन पुगेका थिए । प्रशिक्षणका क्रममा अर्का पोख्ररेली खेलाडी विजय गुरुङ्ग सँग ठाकिदा उनको नाकको हाड भाचिएको थियो । भाचिएको नाकको हाडमा अर्को नयाँ पलाए पछि उनको अप्रेसन गर्न परेको अनिका बाबु ओम विक्रम ओझाले जानकारी दिए । अप्रेसन पछि करिब ३ हप्ता आराम गर्न चिकित्सकले सल्लाह दिएको अनिलले जानकारी दिए ।

उनी टाइते भएपछि लिगको सुपर एटका ३ खेल गुमाउनु परेको बताए । उनले घाइते भए कै कारण केहि दिन पछि हुने पेसिडेन्ट कप पनि गुमाउनु पर्ने बताए । १० वर्षको उमेरबाट फुटबल खेल्न शुरु गरेका ओझाले १५ वर्ष व्यवसायीक फुटबल खेली सकेका छन् । एन्फा एकेडेमीका उत्पाद रहेका ओझाले सबै समुहमा नेपालका तर्फबाट अन्तराष्ट्रिय फुटबल खेलीसकेका छन् । पछिल्लो समय संकटा क्बल हुदै थ्री स्टार पुगेका ओझाले थ्रीस्टार मै ६ वर्ष विताइ सकेका छन् । उनले राष्ट्रिय टिमबाट पनि खेली सकेका छन् ।

कमेन्टहरु
Loading...