आलु महोत्सव जारी महोत्सवको समापन भोली

पोखरा, २५ चैत/विष्णुपादुका क्लव हेमजाको संयोजनमा हेमजामा शुरु भएको चौथो हेमजा आलुमहोत्सवको भोली सकिदै छ । आईतबार नेपाल वन्द भएका कारण महोत्सव एक दिन थप गरिएको थियो । आईतबार नेपाल वन्द भएपनि पोखरा र छिमेकी गाविसवाट दर्शहरु पैदल नै महोत्सव स्थल पुगेका थिए । महोत्सवको पाँचौ दिन सम्म करिव एक लाख ३५ हजार दर्शकले मेलाको अवलोकन गरेको र महोत्सव स्थल र वाहिर गरि करिव एक करोड १५ लाख वरावरको आलुको कारोवार भएको मुल आयोजक समितिका संयोजक रमेश कार्कीले जानकारी दिए ।

हेमजालाई समग्ररुपमा आर्थिक तथा सामाजिक उत्थानका लागि कृषि पर्यटन, साँस्कृतिक व्यापार व्यवसायिक दृष्टिकोणले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउनुको साथै उत्पादक र उपभोक्ता वीच सिधा सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, वाल उद्यान साथै मरुभुमिमा रहने जनावर उटको सवारको व्यवस्था, राष्ट्रिय तथा स्थानिय कलाकारको वेजोड प्रस्तुती, चर्चित हास्य कलाकारहरुको प्रस्तुती, च्याउ प्रदर्शनी, जापानिज सुन्तलाको प्रदर्शनी, सेती नदी ¥याफ्टिड्ड, जिपलाईन फ्लाएर, प्याराग्लाइडिड्ड जस्ता सहासिक खेलहरु समावेश गरिएको छ ।

महोत्सवको आईतबार जीवन दाहाल, राजन कार्की, घनश्याम रिजाल, रामजी पौडेल, ज्योति लोहोनी र कृष्ण गुरुङ र स्थानिय कलाकारको प्रस्तुती रहेको थियो । महोत्सवको समापनका दिन लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, पार्वती जिसी, जिवन दाहाल, रामाजी पौडेल, निशा पोख्रेल र स्थानिय कलकारको प्रस्तुती रहने साँस्कृतिक परिचालन उपसमितिको संयोजकमा महेन्द्रसिंह थापाले जानकारी दिए ।

महोत्सवमा १०३ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हरियो वन कार्यक्रमद्धार राष्ट्रियस्तरमा आयोजित कविता प्रतियोगितामा प्रथम भएका हेमजा साहित्य प्रतिष्ठानका आमन्त्रित सदस्य वसन्त सवेदीलाई सम्मान गरिएको थियो । सुवेदीलाई महोत्सव मुल आयोजक समितिका संयोजक रमेश कार्की र नेशनल मिनरल वाटरका प्रोपाईटर हरिकृष्ण थापाले सम्मानपत्रले सम्मान गरेका थिए ।

 

कमेन्टहरु
Loading...