आगलागी पीडितलाई फेसबूक ग्रूपबाट सहयोाग संकलन

पोखरा, २७ फागुन /सामाजिक कामहरुमा कृयाशिल हुदै आएको फेसबुक सहयोगी हातहरु (WE CAN DO) ले पवर्तको शंकरपोखरीमा आगलागी पीडितलाई राहत वितरण गरेको छ । शंकर पोखरीका लेखनाथ सापकोटाको घरमा केहि दिन अगाडी हावा हुरिका कारणले लागेको आगलागीले घरमा रहेका सम्पुर्ण साम्रागीहरु र उपचारको लागि ल्याईको पैसा समेत जलेर नष्ट भएको थियो ।

ग्रुपले खाद्यान्न, लत्ताकपडा, जस्तापाता एवम् स्टेशनरी लगाएत आवश्यक सामाग्रीहरु राहत स्वरुप प्रदान गरेको हो । घरको आर्थिक अवस्था ज्यादै नाजुक भएको कारणले गर्दा आफ्नो आवश निमार्णमा सहयोग गरिदिन पिडितले आग्रह समेत गरेका छन् ।

ग्रुपका अध्यक्ष जगत ढुङ्गानाको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा, भरत केसि, सुबास पौडेल, इन्दु शर्मा, स्थानीय कमल भुषाल लगाएतले अझै सहयोगको खाचो रहेको बताएका थिए । फेसबुक मेम्वरबाट जानकारी थाहा पाए पछि ग्रुपले ग्रुप मार्फत सहयोग संकलन गरेको थियो ।

कमेन्टहरु
Loading...