आहा ! रारा गोल्ड कप फुटवल प्रतियोगिता सम्पन्न गर्न ५ सय १ को समिति

पोखरा, १८ मंसिर/११ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटवल प्रतियोगितालाई सम्पन्न गर्न सहारा क्लब पोखराका अध्यक्ष विक्रम थकालीको संयोजकत्वमा ५०१ मूल आयोजक समिति एवं १०१ सल्लाकार समिति गठन गरिएको छ ।

माघ ९ गते देखी २० गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको अन्तर क्लव आमन्त्रित फुटवल प्रतियोगितालाई सम्पन्न गर्न मुल आयोजक समिति गठन गरी बिभिन्न काम बाड फाड गरीएको क्लबले जनाएको छ ।

ू खेलकुदको विकासमा सहकार्य गरा,ैं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं ू भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितमा विदेशी सहित १२ टोलीको सहभागिता रहने छ । हिमश्री फूड्स प्रा. लि. को उत्पादन रारा तैयारी चाउचाउको मुख्य प्रायोजन, रेडबुलको सह प्रायोजन, कोकाकोलाको उप प्रायोजन, राष्ट्रिय खेलकूद परिषद एवं अखिल नेपाल फूटवल संघको विशेष सहयोग, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, पोखरा उप महानगरपालिकाको संयोजनमा सञ्चालन हुनेछ ।

क्लबले प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमिमा खर्चदै आएको छ । पोखरा १७ दोविल्लामा निमार्ण भएको सहारा एकेडेमिको भवन प्रतियोगिताको अवसरमा उद्घाटन गरीने भएको क्लबलले जनाएको छ ।

कमेन्टहरु
Loading...