आहा रारा गोल्डकपमा सहारा क्लब र मछिन्द्र भिड्दै

पोखरा, १२ माघ/आहा रारा गोल्डकप अन्तरगत आज प्रि क्वाटर फाइनलको अन्तिम खेलमा आयोजक सहारा क्बल र मछिन्द्र क्बल विच खेल हुदै छ । पोखरा रंगशालामा दिऊसो दुई बजे पछि हुने खेलमा यि दुई टोली पहिलो पटक भिड्न थालेका छन् ।

आहा रारा गोल्डकमा दोस्रो पटक सहभागीता जनाएको मछिन्द्रलाई हराउदै आयोजक सहारा क्वाटर फाइलनमा प्रबेश गर्ने दाउमा सहारा छ । सहारा अहिले सम्म सेमिफाइनल भन्दा माथी जान सकेको छैन । सहाराले फाइनल सम्मको यात्रा तय गर्नका लागि विदेशी खेलाडीलाई पनि मैदान उतादै छ ।

काठमाडौमा जारी सहित स्मारक लिगको तेस्रो स्थानमा रहेको मछिन्द्र मोफसलमा पनि राम्रो प्रर्दशन गरि उपाधी जित्ने दाउमा रहेको छ । आजको विजेताले माघ १६ गते मनाङ मस्याङदी सगँ भिड्ने छ । हिजो खेलामा रानिपोखरी कर्नर टिमले सउथन समिति भारतलाई १–० को नतिजा निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियो ।

कमेन्टहरु
Loading...