एघारौ संस्करणको आहा ! रारा गोल्ड कपको तयारीका तिब्र

पोखरा, २९ मंसिर/ पोखराका सहारा क्लबले आयोजनामा माघ ९ गते बाट २० गते सम्म सञ्चालन हुने अन्तराष्ट्रिय आमन्त्रित अन्तर क्लब स्तरिय एघारौँ आहा ! रारा गोल्ड कपको तयारीका लागि क्लबका वरिष्ठ उपाध्यक्ष विरभद्र आचार्यलाई प्रतियोगिता संयोजकमा चयन गरेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि १४ उप समितिहरु गठन गरिएको छ ।अनुशासन एवं प्राविधिक व्यवस्थापन उपसमिति संयोजकमा संस्थापक अध्यक्ष वसन्त थकाली, अर्थ संकलन उपसमिति संयोजकमा प्रकाश शेरचन, शान्ति शुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा खेम बहादुर गुरुङ्ग, स्वयं सेवक परिचालन उपसमिति संयोजकमा महेश गुरुङ्ग, प्रचार प्रसार व्यवस्थापन उपसमिति संयोजकमा नारायण कार्की रहेका छन् ।

त्यसैगरी प्राथामिक उपचार व्यवस्थापन उपसमिति संयोजकमा डा. नारायण गौतम खेल मैदान व्यवस्थापन उप समिति संयोजकमा विश्व टण्डुकार अतिथि सत्कार व्यवस्थापन उपसमिति संयोजकमा गणेश बहादुर भट्टराई मञ्च व्यवस्थापन उपसमिति संयोजकमा कृष्ण बहादुर थापा, सहभागि टिम सम्पर्क उपसमिति संयोजकमा विष्णु प्रसाद बास्तोलालाई चयन गरेको सहारा क्लबका महासचिब केशब थापाले जानकारी दिए ।

त्यसै गरि आवास व्यवस्थापन उप समिति संयोजकमा जयलाल पुन आयोजक फुटबल टिम तयारी उपसमिति शम्भु कार्की, यातायात व्यवस्थापन उपसमिति संयोजकमा एन कुमार शाही, टिम समन्वयन उपसमिति संयोजकमा तेज बहादुर गुरुङ्ग रहेका छन् । हिमश्री फूड्स प्रा.लि.को उत्पादन रारा चाउचाउको मुख्य प्रायोजक, रेडबुलको सह प्रायोजन, कोकाकोलाको उप प्रायोजनमा हुने प्रतियोगितामा खेलकुदको विकासमा सहकार्य गरा,ैं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने मुल उद्देश्य रहेको महासचिब थापाले जानकारी दिए ।

कमेन्टहरु
Loading...