बाग्लुङमा घरमा आगजनी हुदा दिदी भाईको मृत्यु

बाग्लुङ, १५ वैशाख /बाग्लुङको एक घरमा आगो लाग्दा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ ।

बोहोरागाउँ ७ का हिमबहादुर घर्तीको घरमा गएराती आगो लाग्दा उनका ६ वर्षीया छोरी समुन्द्र र ३ वर्षीय छोरा मनोजको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट घर र गोठ पूर्ण रुपमा नष्ट भएको छ । आगलागीको कारणबारे थाहा हुन सकेको छैन । प्रहरी र स्थानीय मिलेर गएराति अबेर आगो निभाएका थिए । यसैगरी सल्यानमा डढेलो निभाउने क्रममा जलेर आमा र छोराको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...