Ganthan News Pokhara
All news from Pokhara & around

प्रदेश १ को राजधानी धनकुटा बनाउनुपर्ने भन्दै काठमाडौमा जुलुस

0

पौष ४/प्रदेश नम्बर १ को राजधानी धनकुटामा राख्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरिएको छ । प्रदेश नम्बर १ का राजधानीमा बसोबास गर्दे आाएकाहरुले मंगलबार बिहान जुलुस निकालेका हुन् ।

जुलुसमा धनकुटाबाट प्रतिनिधिसभामा निर्वाचित एमाले नेता राजेन्द्र राई र उद्योगमन्त्री मन्त्री सुनिलबहादुर थापासहित सहभागी थिए । उनीहरुले ‘प्रदेश नं १ को राजधानी धनकुटा बनाउँ’ भन्दै जुलुस निकालेका हुन् ।

लामो समयदेखि प्रशासनिक केन्द्र रहँदै आएको धनकुटामा उपयुक्त हावापानी र सबै जिल्लाको केन्द्रमा रहेकाले उनीहरुले यसलाई प्रादेशिक राजधानी बनाउनुपर्ने माग गरेका हुन् ।