पोखराका उच्च माबिमा थ्री यमको अनुगमन, स्कट, मोवाईल र मोटरसाईकलको प्रयोग रोकिएन

सागर राज तिमिल्सिना
पोखरा ३१ साउन/पोखरामा रहेका उच्च माबिमा थ्री यमको अनुगमन तिब्र पारिएको छ । उच्चमाबिको शैक्षिक गुणस्तर अभिबृद्धि र मर्यादित बनाउन जारी गरिएको आचारसंहिता कार्यन्वयनको अबस्था बारे अनुगमन गरिएको हो । पोखराका उच्च माविमा अनुगमनका क्रममा उच्च माबिले आचारसंहित पूर्ण रुपमा कार्यन्यन नगरेको भेटिएको कास्कीका प्रमुख जिल्ला अधिकारी यादब प्रसाद कोईरालाले बताए । उच्च माबिका बिद्यार्थीको लागि बिद्यालयमा मोवाईल, मिनिस्कट र मोटरसाईकल माथि पूर्ण प्रतिबन्ध लगाएको भएपनि बिद्यालयकै कमजोरीको कारण कार्यन्वयन हुन नसकेको कोईरालाले बताए ।
IMG_5148पोखराको मासबारमा रहेको स्टेपवाई स्टेप, नयाँबजारको सगरमाथा र महेन्द्र उच्च माबिमा अनुगमन गरिएको थियो । यसअघि बुधबार शिशु निकेतन र बालोदय उच्च माबिमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा छात्राहरुले प्रतिबन्धित मिनिस्कट लगाएको, मोटरसाईकलको प्रयोग नरोकिएको, कक्षा कोठामै मोवाईल फोन बोकेको भेटिएको छ । बिद्यार्थीको आचारण सुधार र शैक्षिक गुणस्तरको सम्बन्धिमा सम्बन्धित उच्च माबि जिम्मेवार नदेखिएको प्रमुख जिल्ला अधिकारी कोईरालाले बताए ।
उच्च माध्यामिक शिक्षा परिषद्ले गत बर्षको असोज २८ गतेदेखि उच्च माबिको लागि आचारसंहिता लागु गरेको थियो । अनुगमनको कामलाई तिब्रता दिईने र आगामी दिनमा उच्च माबिको आर्थिक पारदर्शीता पनि हेरिने अनुगमनमा संलग्न उच्च मावि शिक्षा परिषद् पोखराका प्रमुख रमेश अधिकारीले बताए ।
अधिकांश उच्च माबिहरु आयश्रोत, छात्रबृति बितरण लगायतका बिषयमा परदर्शी नदेखिएकाले अनुगमन गर्नुपरेको बताईएको छ । आचारसंहिताले प्रतिबन्ध लगाएको कुनैपनि कार्य गरेमा सम्बन्धित उच्चमाबिले बिद्यार्थीलाई विद्यालयबाट निश्कासन गर्नुको साथै बोर्ड परिक्षमा समेत सामेल हुनबाट बन्चित गर्नसक्ने नियम रहेको छ ।
अघिल्लो बर्षपछि आचारसंहिता कार्यन्वयनको अबस्था बारे अनुगमन गरिएपनि प्रभाबकारी नभएकाले यस बर्ष भने कडाईको साथ अघि बढिने उच्च माध्यामिक बिद्यालय एसोसिएसन हिसान कास्कीका अध्यक्ष रमाकान्त बरालले बताए । अनुगमनको दायरामा कास्कीका सबै उच्च माबिलाई ल्याईने उनले बताए । कास्कीमा सरकारी र निजि र संस्थागत गरी ८० भन्दा बढी उच्च माबि छन् ।

कमेन्टहरु
Loading...