पोखरामा पनि ३३ दलको बन्दको प्रभाव

पोखरा, २५ चैत/चार दलबीच चैत १ गते भएको सहमतिको खारेजी र वर्तमान खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकार बर्खास्तको माग गर्दै नेकपा–माओवादीसहित ३३ दलले आज आह्वान गरेको बन्द साझँ पाँच बजे देखि खुलेको छ । यस अघि वन्दका कारण देशभरिको जनजीवन प्रभावित भएको थियो ।

विहानैदेखि बन्दको प्रभाव काठमाडौंसहित पोखरा, विराटनगर, चितवन, स्याङ्गजा, पर्वत, तनहुँ लगायतका सबै क्षेत्रमा परेको छ । बन्दका कारण छोटा तथा लामा दुरीका कुनैपनि सवारी साधन गुड्न सकेका छैनन् भने बजार, कलकारखाना, उद्योग, पसल, ब्यबसाय ठप्प रहेका छन् । त्यस्तै, शिक्षण संस्था पनि बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन् ।

बन्दको प्रभाव पोखरामा पनि विहानैदेखि परेको थियो । पोखराको पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुङ्गा, अमरसिंहचोक,लेखनाथको तालचोक, शिसुवा लगायतका क्षेत्रमा बन्दकर्ताहरु उपस्थित भएर बन्द गराएका छन् । पोखराका मुख्य बजारमा पलसहरु बन्द रहेका छन् । सडकमा सुरक्षा निकाय, एम्बुलेन्स, शव वहान, प्रेस, लगायतका सावारी साधन मात्र चलेका थिए ।

बन्दको प्रभाव शैक्षिक संस्था, उद्योग धन्दा कलकारखाना लगायत सम्पूर्ण क्षेत्रमा परेको थियो । स्नातक तह दोस्रो बर्षको परिक्षार्थीलाई बन्दले मर्कामा पारेको थियो । बन्द कर्ताले प्रवेशपत्र देखाएर सवारी सधानमा चढ्न छुट दिएपनि आफ्नो सवारी सधान नहुनेहरु भने हिड्न बाध्य भएका थिए । बन्दको समयमा कुनै घटना नहोस भनेर चोक—चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । बन्दको क्रममा कुनै अप्रिय घटना नभएको प्रहरीले बताएको छ ।

यसैबीच पोखराको यूनिक क्लवले बन्दको विरोधमा सांकेतिक रुपमा विरोध गरेको छ । मोटरसाईकल ¥याली निकालेर बन्दको विरोध गर्ने तयारी गरेको क्लवले प्रशासनले सुरक्षा दिन नसक्ने बताएपछि पैदल ¥याली निकालेर सांकेतिक विरोध गरेको हो । क्लवले नयाँबजारदेखि पृथ्वीचोकहुदै महेन्द्रपुलसम्म विरोध पदैल ¥यालि निकालेको अध्यक्ष मिलन रसाइली जानकारी दिए ।

राजनीतिक दलहरुले बन्दको विकल्प खोज्न आग्रह गर्दै गरिखाने बातावरण बनाउन सकारसँग क्लवले माग गरेको छ । बन्दकर्ता पोखराको पृथ्वीचोकमा कोष सभा गरि सरकार र चार दलका नेताहरुको विरोध गरेका थिए ।

कमेन्टहरु
Loading...