तिन सय जना विपन्न वर्गले कपडा

पोखरा,१२,फागुन ।पोखरा वडा नं ९ मा वसोवास गर्दै आएका तिन सय जना विपन्न वर्गलाई शनिवार कपडा हस्तान्तरण गरिएको छ । मानव विकास मंच नेपाल र मानव मिलन नारी जागरण संस्थाको आयोजना तथा विभिन्न संघसंस्थाको समन्नयमा संकलन भएको कपडाहरु वडा नं ९ टोल विकास संस्था समन्नय संस्थाको व्यवस्थापनमा वितरण गरिएको हो ।

कार्यक्रममा मानव विकास मंच नेपालका अध्यक्ष अभियन्ता सुष्मा पौडेल, मानव मिलन नारि जागरण नेपालका अध्यक्षँ सावित्रि शर्मा र कालिका गणका प्रमुख शम्भु उप्रेतिले समन्नय समितिका अध्यक्ष उत्तम जोसि र वडा सचिव लोकदर्शन कोइरालालाई कपडाहरुको वोरा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा कपडा लिन आउनेहरुको भिड भएपछि संकलित स्थानवाट फेरी कपडा ल्याएर वितरण गरिएको थियो । कृष्ण टोल विकास संस्थाको भवनमा सहभागीहरु नअटेपछी चौरवाहीर स्वयम्सेवकहरुको सहभागितामा कपडा वितरण गरिएको थियो । कार्यक्रममा कपडा वितरण गर्नुको उदेश्य वारे प्रकाश पार्दै यस अभियानमा सहयोग गर्ने सवैलाई अभियन्ता पौडेलले धन्यवाद दिएकि थिइन् ।

अध्यक्ष कृष्ण टोल आमा समुहका अध्यक्ष गोमा तामाङको सभाध्यक्षता सम्पन्न कार्यक्रममा ामानव मिलन नारी जागरणका अध्यक्ष सावित्रि शर्मा , कालिका गणका प्रमुख शम्भु उप्रेति , वडा नं ९का वडा सचिव लोकदर्शन कोइराला लगायतले वोलेका थिए भने कार्यक्रमको संचालन संचालन कृष्ण टोल विकास संस्थाका सचिव रुपा केसीले गरेकि थिइन् ।

कार्यक्रममा शान्तिवन टोल विकास संस्था , पार्वति टोल विकास संस्था , गणशान्ति टोल विकास संस्था शुभकामना टोल विकास संस्था र कृष्ण टोल विकास संस्थाका तिन शय भन्दा वढी वच्चा देखि वृद्धवृद्धा सम्मको उपस्थिति रहेको थियो ।कपडा प्राप्त गरेपछि खुसी हुदै आगामी दिनमा समेत यस्ता सहयोगको आशा व्यक्त गरेका थिए ।

कपडा संकलन अभियान मुल आयोजक समितिले संकलित कपडाहरु मध्ये ५८ वोरा कपडा कर्णालि अंचलमा पठाइ सकेको छ भने वाकी कपडाहरु पोखराका विपन्न वर्गहरुलाई हस्तान्तरण गरिन थालिएको छ । साथै काम नलाग्ने कपाहरुवाट पेलिएको रुईको समेत डसना वनाउने क्रम समेत सुरु गरिसकिएको छ ।

कमेन्टहरु
Loading...