असार २२ गते आईतबार नेपाल बन्द आवाहन (विज्ञप्ति सहित)

बन्द उल्लङ्घन गरे भौतिक कारवाही गर्ने चेतावनी

पोखरा, १३ असार /नेपाल कम्युनिष्ट पाटी माओवादीले असार २२ गते आईतबार नेपाल बन्द आवाहन गरेको छ । नेकपा माओवादीका पश्चिम केन्द्रीय कमान्ड इन्चार्ज प्रताव​ले शुक्रबार विज्ञप्ति निकालेर हिरासतमा रहेका राजबन्दी रिहाइको माग गर्दै बन्द आवाहन गरेका हुन ।

नेपाल बन्द आवाहन

असार २२ गते आवाहान गरिएको बन्दमा उद्योगधन्दा, यातायत सबै बन्द गर्न आग्रह गर्दै बन्द उल्लङ्घन गरि प्रहरीको स्कटीङमा गाडी चलाए साँझ भौतिक कारवाही गर्ने चेतावनी समेत दिएको छ ।विज्ञप्तिमा जनताको जनपक्षिय अधिकारमा जोड दिदैं दलाल भ्रष्टचार, महङ्गी, बलत्कारी, तस्करी र गुण्डागर्दीको भण्डाफोर गर्न पनि आवाहन गरिएको छ ।

सरकारले नेपाली जनताको आँखामा छारो हाल्दै कानुनलाई मुठीमा लिएर दमनकारी, फासीबाद चरित्रहिन ब्यवाहारका साथ जनतालाई युग्दको भारी बोकाउने चलखेल गरेको आरोप पनि उसले लगाएको छ ।विज्ञप्तिमा उसले आफुहरु सधैंब देश र जनताको न्यायका निम्ती संघर्षरत रहेको भन्दै असार २२ गतेको नेपाल बन्दलाई सफल बनाईदिन आग्रह पनि गरेको छ ।

कमेन्टहरु
Loading...