सागमा स्वर्ण पदक बिजेतालाई पोखरामा नगद सहित सम्मान

सागर राज तिमिल्सिना
पोखरा, ६ चैत्र/भारतमा सम्पन्न भएको १२ औ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक बिजेता खेलाडीहरु पोखरामा नगद सहित सम्मानीत भएका छन् । सहारा क्लब पोखराको अगुवाईमा शनिबार बिजय ¥याली सहित सागमा स्वर्ण पदक बिजेता खेलाडीलाई जनही १०÷१० हजार रुपैया सहित सम्मान गरेको हो ।

सागमा स्वर्ण पदक बिजेतालाई पोखरामा नगद सहित सम्मान
सागमा स्वर्ण पदक बिजेतालाई पोखरामा नगद सहित सम्मान

१२ औं सागमा नेपाली पुरुष फुटवल टिमले, नेपालकी उसु खेलाडी निमा घर्तीमगर र जुडोकी फूपू ल्ह्यामु खत्रीले स्वर्ण पदक जितेका थिए । गत फागुन माघ २२ गतेदेखी फागुन ४ गतेसम्म आयोजित सागमा नेपालले ३ वटा स्वर्ण पदक जितेको थियो । सम्मान कार्यक्रममा फुटलबक ५ खेलाडी तथा जुडोकी खेलाडी फूपू ल्ह्यामु खत्री हाल विदेश भएकोले सम्मान कार्यक्रममा सहभागि भएका थिएनन् ।

पोखराका विभिन्न संघसंस्थाको सहभागितामा चिप्लेढुङ्गाबाट खेलाडीहरुलाई खुल्ला भ्यानमा राखेर विभिन्न सांस्कृतिक झाँकी र पञ्चेबाजा, भजन चुड्का सहित बिजय उत्सव ¥याली पोखरा रंगशालामा पुगेर सम्पन्न भएको थियो । ¥याली न्यूरोड, सभागृहचोक, पृथ्वीचोक हुँदै पोखरा रंगशालामा पुगेर सम्मान कार्यक्रममा परिणत हुने भएको थियो । सम्मान कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिसदका सदस्य फत्तबहादुर गुरुङ, सहारा क्लबका अध्यक्ष विरभद्र आर्चाय, पोखरा उपमहानगर पालिकाका कानुनी अधिकृत नारायण शर्मा लगायतले प्रमाणपत्र, नगद, दोसल्लाले सम्मान गरेका थिए ।

कमेन्टहरु
Loading...