एकै दिन ११४ जनामा कोरोना संक्रमण , गण्डकी प्रदेशमा ६ थपिए

काठमाडौं, १४ जेठ

बुधबार एकैदिन ११४ जना कोरोना संक्रमित थपिएपछि नेपालमा कारोना संक्रमितको संख्या ८८६ पुगेको छ । बुधबार अहिलेसम्मको सबैभन्दा ठूलो वृद्धिदर हो ।

यसअघि एकैदिन सर्वा्धिक १०१ जना व्यक्तिमा संक्रमण देखिएको थियो । एक सातामै संक्रमितको संख्या दोब्बर भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएकाहरू छन्।

अहिलेसम्म संक्रमणका कारण चार जनाको मृत्यु भएको छ भने १८३ जना निको भएका छन् ।

बाग्लुङ्गमा थप ६ जना थपिए सगँ गण्डकी प्रदेशमा संक्रमितको सख्या १३ पुगेको छ । त्यस मध्ये २ जना निको भएर घर फर्कि सकेका छन् ।
बाग्लुङ्ग बढीगाड गाउँपालिकाका बर्ष १९ र २० का २ जना पुरुष तथा बाग्लुङ्ग तमनखोला गाउँपालिकाका बर्ष २१, २७, २७ र २१ का ४ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

कमेन्टहरु
Loading...