विप्लवद्धारा असार १० गते नेपाल बन्दको घोषणा (बिज्ञप्ती सहित)

278

पोखरा, ६ असार /नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले असार १० गते मंगलबार नेपाल बन्दको घोषणा गरेको छ। प्रहरीसंगको भिडन्तमा बिहिबार सर्लाहीमा पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको बिषयलाई लिएर विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द सहितका संघर्षका कार्यक्रम घोषणा गरेको हो।

बिज्ञप्ती

नेकपाका महासचिव विप्लवद्धारा शुक्रबार विज्ञप्ती जारी गरी सरकारले पौडेललाई नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरेको भन्दै बिरोधमा यही असार १० गते नेपाल बन्द घोषणा गरेको जनाईएको छ । विज्ञप्तीमा असार ७ गते प्रचारप्रसार ८ गते कोणसभा तथा घरदैलो,९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...