एक महिने माघेयात्रा सम्पन्न

पोखरा १५ फागुन/परापूर्व कालदेखि नेवारहरुले मनाउदै आएको माघेयात्रालाई  यस वर्ष पनि पोखराका नेवारहरुले निरन्तरता दिएका छन । पौष शुक्ल पूर्णिमादेखि माघको शुक्ल पूर्णिमासम्म विभिन्न टोल छिमेक तथा मन्दिरहरुमा पुजाआजा गरी मनाइने यो जात्रा यसपटक पोखराका नेवारहरुले देशमा शान्तिको कामना गर्दै मनाए । माघे यात्राको अन्तिम दिन माघ शुक्ल पूर्णिमाको दिन पोखराका नेवारहरुले नदीपुर स्थित नारायणथानमा गई स्नान गरी सहस्त्र धारा यात्रा गरेका छन । सोमबार नदीपुरको नारायणस्थानबाट शुरु भएको सहस्त्र धारा पोखरामा रहेका विभिन्न टोलका मन्दिरहरुमा पुगी जल चढाइएको थियोभने टोलटोलमा भजनकृतन सहित सहस्त्र धाराको परिक्रमा गरिएको थियो ।

पोखरामा विस १९९६ मा बैठकलाल श्रेष्ठले पोखरामा भित्र्याएको माघे यात्रालाई पोखराका नेवारहरुले वर्षैपिच्छे निरन्तरता दिँदै आएका छन । यसपटक शिव मन्दिर ब्यवस्थापन समितिको आयोजना र नेवा खल कास्कीको सहयोगमा आयोजना गरिएको भएपनि यसअघि मोनीलाल रञ्जित, गुरु वैद्य अमृतबहादुर श्रेष्ठ, लक्ष्मीनारायण श्रेष्ठ, वैद्य कृष्णवहादुर कविराज र भिमलालको पालामा पनि माघेयात्राको आयोजना गरिएको शिव मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सञ्जय कुमार श्रेष्ठले जानकारी दिए ।

पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्म माघेयात्रा मनाइने भएतापनि यसअवधिभित्र पर्ने  भिमा एकादशी, श्रीपञ्चमी र माघ शुक्ल पूर्णिमा गरी ३ दिन सहस्त्र धारा निकाली बजार परिक्रमा गरिदै आएको संगीत विभाग प्रमुख श्यामलाल श्रेष्ठले वताए ।

कमेन्टहरु
Loading...