मत गन्दा मतपत्र सङै पैसा भेटिएपछी गणना स्थगित (पूरा जानकारी तल)

काठमाडौं, मंसिर २५ । उप प्रधानमन्त्री विजयकुमार गच्छेदार र एमाल नेतृ भगवती चौधरीबीच तीव्र प्रतिस्पर्धा हरेको सुनसरी क्षेत्र नम्बर तीनको मतगणना स्थगित भएको छ।  मतपत्रमा २० रुपैयाँको नोट भेटिएपछि मतगणना रोकिएको हो ।

सो क्षेत्रमा झन्डै २० हजार मत गन्न बाँकी छ।

अहिलेसम्मको मतगणनामा एमालेकी चौधरी अगाडि छन्। कानुनतः मतपत्रमा पैसा भेटिएपछि त्यो मतपत्र बदर हुन्छ।

‘हामीले त्यो भोट हेर्दै नहेरी बदर गरेका छौं,’ सुनसरी–३ का निर्वाचन कार्यालयका सूचना अधिकारी शशी राईले भने, ‘त्यही विषयमा केही राजनीतिक दलले विरोध गरेपछि मतगणना एकछिन रोकिएको छ, स्थगित भएको होइन।’

पछिल्लो मत परिणामअनुसार चौधरीले २९ हजार ३२६ र गच्छदारले २९ हजार १७१ मत प्राप्त गरेका छन्। सो निर्वाचन क्षेत्रको ६४ हजार २७१ मत गणना भैसकेको छ।

कमेन्टहरु
Loading...