प्रधानमन्त्री द्वारा बिरामीलाई भत्ताको व्यवस्था

काठमाडौं, १२ माघ- सरकारले मृगौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई जीवनवृत्ति भत्ता वितरण शुरु गरेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानअन्तर्गतको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा गई बिरामीलाई चेक हस्तान्तरण गर्दै भत्ता वितरणको औपचारिक गरेको खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले खबर लेखेकी छिन् ।

सो कार्यक्रममा प्रधानमन्त्री देउवाले क्यान्सरका ११, मृर्गौलाका १० र स्पाइनल इन्जुरीबाट पक्षघात भएका ६ जना गरी २७ बिरामीलाई पाँच हजारको चेक हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री देउवाले स्पाइनल इन्जुरीबाट पक्षघात भएका बिरामीलाई भने अस्पतालमा उनीहरु भर्ना भएको वार्डमा पुगेर चेक हस्तान्तरण गरेका हुन् ।

२०७४ पुसमा बसेको मन्त्रिपरिषद्को निर्णयले क्यान्सर, मृर्गौला र स्पाइनल इन्जुरीबाट पक्षघात भएका बिरामीलाई जीवनवृत्ति भत्ता दिने निर्णय गरेको थियो

कमेन्टहरु
Loading...