गच्छदारविरुद्धको धाधलीको मुद्दामा निर्वाचन आयोग पनि तानियो , सर्वोच्च अदालतको यस्तो आदेश

१५ पुस– गच्छदारसँग पराजित एमाले उम्मेदवार भगवती चौधरीले पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट हालेकी थिइन् ।

मतगणनामा धाँधली भएको विषयमा सर्वोच्चले सुनुवाइ गर्दै अन्तरिम आदेश दिने/नदिनेबारे विजयी उम्मेदवार विजयकुमार गच्छदार र आयोगलाई  छलफलमा बोलाएको छ।

 मतगणनाका क्रममा फर्जी मतपत्र गणना गरेर आफूलाई पराजित गरिएको भन्दै चौधरीले गच्छदारविरुद्ध रिट हालेकी हुन् । उनले दायर गरेको रिटमा निर्वाचन आयोग केन्द्रीय कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी, प्रतिनिधिसभा क्षेत्र नं ३, निर्वाचन अधिकृत टीकाभूषण घिमिरे र विजयी उम्मेदवार विजयकुमार गच्छदारलाई विपक्षी बनाइएको छ ।
कमेन्टहरु
Loading...