प्रधामन्त्री ओली दम्पत्ती डोनाल्ड ट्रम्प जोडीले आयोजना गर्ने स्वागतमा सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार न्युयोर्क जाँदैछन् । साथमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य पनि जाँदैछिन् ।

             मंथलबारदेखि शुरु हुने अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

             प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्नेछन् भने त्यसै दिन विश्व संस्थाका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखरबैठक’ को रूपमा उच्चस्तरीय पूर्ण बैठकलाई सम्वोधन गर्नेछन् । बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको सम्मानमा शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुनेछ ।

कमेन्टहरु
Loading...