नेपाल भारत मैत्रीसघं नेपालको कास्की शाखा गठन

पोखरा, २२ माघ /नेपाल भारत मैत्रीसघं नेपालको कास्की साखा गठनका लागि तदर्थ समिति गठन भएको छ ।बुधबार पोखरामा भएको एक भेलाले क्रृषि सापकोटाको अध्यक्षतामा १९ सदस्यीय समति गठन भएको हो । 

जसको सदस्यमा जगन गुरुङ, विरबहादुर कार्की, मिनु श्रेष्ठ कुँवर, योगराज पौडेल, जयराम पौडेल, सुन्दर कुमार श्रेष्ठ, रमेश पौडेल, रोहित बास्तोला, उदय कान्त तिवारी, डा. कालु शर्मा, ई. विष्णु पौडेल, डा. निर्मल लामिछाने, सुशील कुमार गोशली, ले.क.चेतबहादुर गुरुङ, जिवि गुरुङ, प्रेम ब. गुरुङ, डा. नारायण गौतम र सु.मे.इन्द्र बहादुर गुरुङ चयन हुनुभएको छ ।

यस अगाडि केन्द्रिय अध्यक्ष ओम प्रकास श्रावतीले नेपाल भारतको सम्बन्धलाई प्रगाढ गराउन संघले सेतुको कामन गर्ने वताउनुभयो । कार्यक्रममा केन्द्रिय सदस्य हरिराम पौडेल, सल्लाहकार रामजि वास्तोला र कास्कीका संयोजक क्रृषि साप्कोटाले संस्थाको भावि कार्यक्रमको बारेमा बोल्नुभएको थियो । पोखरामा रहेका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता रहेको सो कार्यक्रममा नेपाल र भारतको १९५०को सन्धी, भारतमा बुद्ध जन्मेका भनि गरिएको प्रचार, पर्यटन, शिक्षा र स्वास्थ्य लगाएतका क्षेत्रमा दुवै देशविच कुटनितिक तवरबाट समाधान खोज्ने प्रयास संस्थाले गनुपर्ने सुझाव दिएका थिए ।

कमेन्टहरु
Loading...