हातमा सम्झना टाटु लेखेकी युवतीको शव फेला

पोखरा, २९ फागुन/पोखरा–१२ दुइ कुलाको मुहानमा शुक्रबार एक युवतीको शव फेला परेको छ । कुलोमा तैरिएको अवस्थामा शव निकालिएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख वेदप्रकाश जोशीले बताए ।
शवको पहिचान नभएको प्रमुख जोशीले बताए । ‘अन्दाजी १८–१९ बर्षको देखिने ति युवाको दाहिने हातमा सम्झना लेखेको टाटु छ,’ जोशीले भने, ‘अन्तै कतैबाट बगाएर ल्याएको हुन सक्छ ।’

युवतीले रातो, सेतो, खैरो वुट्टा भएको टिसर्ट र खैरो रंगको पाइन्ट लगाएको उनले बताए । उनको शव पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा राखिएको प्रहरीले बताएको छ । घटनाको बारेमा अनुसन्धान अगाडी बढाएको उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...