त्रिविका १७ वर्ष पुराना विद्यार्थीलाई मौका परिक्षा

पोखरा, १८ भाद्र/त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा १७ वर्षदेखि निरन्तर असफल विद्यार्थीलाई मौका परीक्षाको अवसर दिने भएको छ। त्रिविको नियमअनुसार ७ वर्षभन्दा धेरै असफल भए नियमित परीक्षा दिन पाइँदैन। तर विद्यर्थाीलाई विषेश अवसरका रुपमा मौका दिन यसो गर्न लागेको आजको कारोबारमा खबर छ।
tuविशेष अवस्थामा निर्णय गरी उसले निश्चित समयावधि तोकेर परीक्षासम्बन्धी व्यवस्था गरेको हो । अहिले २०५४ सालदेखि नियमित रूपमा असफल विद्यार्थीले अन्तिम मौका परीक्षा दिन पाउने भएका छन्। यसरी परीक्षा दिने विद्यार्थी करिब ४ लाख रहेको परीक्षा नियन्त्रक केशवराज बाँस्तोलाले जानकारी दिए।
उनले नियमित विद्यार्थीको संख्या भने धेरै भएकाले परीक्षा सञ्चालन गर्न पनि गाह्रो भइरहेको बताए। नियमित र पुराना विद्यार्थीको परीक्षा सँगै हुने भएको छ। परीक्षा फर्म भर्ने अन्तिम म्याद बुधबारसम्म मात्र छ।

कमेन्टहरु
Loading...