ओलीले भने विमानस्थल पछि केरुङ -काठमाडौं, काठमाडौं -पोखरा रेल चल्छु

पोखरा, १ बैशाख /प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको केरुङबाट काठमाडौं, काठमाडौंबाट पोखरा, पोखराबाट लुम्बिनीमा रेल मार्ग बन्ने बताएका छन्। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही वर्षभित्रमा यसको सर्भे गर्ने बताए ।मानिसले अनुमान पनि गरेका छैनन तपाईहरु हेर्दै जानुस कति छिटो काम हुन्छ, प्रधानमन्त्री ओलीले भने। कास्कीको लेखनाथ नगरपालिकास्थित छिनेडाँडामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि आज शिलान्यास गरिएको हो ।

प्रधानमन्त्री ओलीले ४ वर्षभित्रमा विमानस्थल निर्माण कार्य सम्पन्न हुने बताए। यो शिलान्यास कागजमा मात्र सिमित नरहने भन्दै प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलले सहयोग गरेका कारण समयमा नै बन्ने बताए। उनले पोखरामा विमानस्थल मात्र होइन पोखरा नै अर्को बनाउने दाबी गरे।

कमेन्टहरु
Loading...