कास्कीको सिक्लेशदेखि शिशाघाट मादी कोरिडर सडक बन्ने, सडकलाई यस वर्ष १० करोडको बजेट

सागर राज तिमिल्सिना
पोखरा, ९ असार /तनहुँको शिशाघाट हुदै कास्कीको सिग्लेश सम्म मादी नदिको किनारै किनार सडक बन्ने भएको छ । तनहुँ, लम्जुङ र कास्कीका विभिन्न गाविस भएर सडक निर्माणका लागि अर्थमन्त्रालयबाट बजेट समेत विनियोजन भएको छ ।

करिब ६० किलोमिटरको सडकमा सञ्जालमा जोडिए पछि कास्कीको पार्चे, हंसपुर, थुम्की, भगवतीटार लगाएतका गाविसका बासिन्दालाई पुर्व तर्फ जानलाई नजिक पर्ने छ । सासंद यज्ञ बहादुर थापा लगाएतले यो सडकका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा योजना पेस गरेका थिए । मन्त्रालयले क्षेत्रीय तथा पर्यटकीय महत्वका सडक अन्तरगत रहेर अर्थ मन्त्रालयले १० करोड बजेट विनियोजन गरेको सासंद यज्ञबहादु थापाले गन्थन डटकमलाई जानकारी दिए ।

सडकले मादी नदि र सो नदीको शिर देखि किनारै किनार कास्की खण्डका १२ वटा गाविसलाई प्रत्यक्ष फाइदा पुग्ने पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष प्रकास खनालले गन्थन डटकमलाई जानकारी दिए । उनले २०६५ सालबाट यो योजनाको परिकल्पना गरेको बताउदै  आज आए सपना पुराहुने तर्फ अगाडी बढेको बताए ।

उनले कास्की क्षेत्र नं १ उत्तर पुर्बी, पार्चे गा बि स को शिक्लेश हुँदै कास्की खण्डका १२ वटा गाबिसलाई प्रत्यक्ष रूपमा जोड्दै, लम्जुङ र तनहुँका व्यापारिक केन्द्र हुँदै दमौली सम्म पुग्ने बताए । सडकको करिब ४० किलो मिटरको डिपिआर तयार भई सकेको र बाकी २० किलोमिटरको छिटै नै डिपिआर तयार हुने सडक विभाग पोखराका प्रमुख नरेन्द्र सुबेदीले गन्थन डटकमलाई जानकारी दिए । उनले यो सडको करिब ७० प्रतिशत ट्याक खोलिसेका कारण काम गर्न अझ सजिलो हुने बताए ।

उनले यो सडकालाई आवश्यका पर्ने ठाउँका पुल निमार्ण भई सकेको, केहि निमार्ण पक्रिया र निमार्णका लागि आवश्यक बजेट आवश्यक पर्ने बताए । उनले अर्थ मन्त्रालयले १० करोड रकम छुटाउको बताउदै निर्माणकार्यका लागि बहुबर्षिय कार्यक्रम अन्तर्गत यसै आर्थिक वर्षमा ठेक्का लगाइ सक्ने बताए । सासद थापाले ऐतिहासिक,पर्यटकीय र धार्मिक दृष्टिले अत्यन्तै महत्व राख्ने सडक हुने बताए ।

कमेन्टहरु
Loading...