पोखरामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

पोखरा, ८ जेठ /पोखरा महानगरपालिका– २९ लेखनाथको भण्डारढिक स्थित पृथ्वी राजमार्गमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

मंगलबार साँझ पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ३४१६ नम्बरको ट्रक र गगनगौँडाबाट पोखरा आउदै गरेको ग १३ प२६६० को नम्वरको मोटरसाईकल एकआपसमा ठोकिदा पोखरा–१४ चाउथे खाल्टेमसिना बस्ने वर्ष २७ का श्याम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनापछि गम्भिर घाईते भएका गुरुङलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याई पु¥याईएकोमा चिकित्सकले तत्कालै मृत घोषणा गरेको प्रहरीको भनाई छ । दुर्घटना पछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

कमेन्टहरु
Loading...