टिम गेममा विभागीयलाई हराउने कास्की नै हो – प्रमुख बराल

शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदको शहर पोखरा । परिचय आफैंमा गर्विलो छ । गण्डकी प्रदेशको निविर्कल्प राजधानीको रुपमा रहेको पोखरा खेलकुदको पर्याय नै हो । राजधानीपछि सबैभन्दा धेरै खेलकुदको गतिविधि हुने सम्भवत मोफसलको शहरमा पोखरा नै अगाडि आउँछ । त्यसो त नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ३७ वर्षपछि पोखरामै आयोजना गरिदैं छ ।

केही खेल प्रदेशका जिल्ला तहमा पनि खेलाउने सम्भावना छ । खेलकुदको विकास र विस्तारमा हिजोको अञ्चल हुदै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकाससम्मको परिचय बन्दा इतिहास निकै गर्विलो छ । अब प्रदेशस्तरीय प्रतिस्पर्धामा पुगेको छ । संघीयतासँगै खेलकुदका प्रतियोगितात्मक गतिविधि प्रदेशस्तरमा पुगेका छन् । खेलकुद राष्ट्रियताको अभिन्न पाटो हो । समृद्धको परिकल्पना गर्ने अर्को महत्वपूर्ण माध्यम पनि हो ।

त्यही माध्यमलाई सिद्ध गर्न २०७७ साल फागुनमा नवौं राष्ट्रिय खेलकुद गरिदैै छ । खेलकुदे खेल र खेलाडीको मात्रै नभई आवश्यकता भौतिक पुर्वाधार तयार हुन्छ । पर्यटन प्रवद्र्धनको कडी पनि खेलकुद हो । विश्वमा गरिने ठूला लगानी र आयोजना हुने ठूला प्रतिस्पर्धाले पर्यटनमा पारेको प्रभावसँगै भातृत्वको विकास र शान्तिको सन्देश खेलकुदले नै दिने गरेको छ । त्यसलाई अझ मिहीन रुपमा अध्यनन गर्दा पोखरामै वर्षपछि नवौं राष्ट्रिय र यसै वर्षको मंसिरमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताले पोखरासँगै नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ ।

सरकारले पनि २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने तयारीलाई यसले पनि सार्थकता प्रदान गर्ने छ । पोखरामा आयोजना हुने साग तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, खेलकुदको भौतिक पुर्वाधारदेखि आवश्यक तयारी सन्दर्भमा कास्की जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालसँग धन बस्नेतले गरेको कुराकानी–

– भर्खरै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भएको छ । आठौं राष्ट्रि खेलकुद प्रतियोगितामा कास्कीले भन्दा अन्य जिल्लाका खेलाडीले पदक बढी जितेका छन् ,यसलाई कसरी लिनुभएको छ ?
हो भर्खरै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक भव्य रुपमा सम्पन्न भएको छ । जहाँसम्म पदक प्राप्त गर्ने कुरा छ कसरी अन्य जिल्लाका खेलाडीले बढी पदक जिते भन्नुहुन्छ ? म त्यो कुरामा मान्न तयार छैन् । गण्डकी प्रदेशले प्राप्त गरेको टिम गेमको ऐतिहासिक डबल स्वर्ण जित्ने ह्याण्डबल टिममा कप्तान सहित ८० प्रतिशत खेलाडी कास्कीकै छन् ।

फुल कन्ट्याक्ट कराँतेमा पदक जित्ने खेलाडीहरु अधिकांश कास्कीकै छन् । अझ हेर्नुस टिम गेममा विभागीयलाई मात्रै पछाडी पारेर पदक प्राप्त गर्ने सामान्य कुरा होइन, तर सबै कास्कीबाट प्रतिनिधित्व गर्ने हक्की महिला तथा पुरुष दुवै टिमले नजिता प्राप्त गरेका छन् । सुटिङमा स्वर्ण विजेता कास्कीकै छन् । पदक स्वर्ण मात्रै हैन नि, के रजत र कास्य पदक नै होईनन ? सीमित स्रोत र साधनका बावजुत हाम्रा खेलाडी फाईनल पुगेका छन् र अतिकम अन्तर द्धितीय भएका छन् ।

तसर्थ राम्रो सबैले गर्नुपर्छ, गरेका छन् । यतिमात्रै हो कास्कीले अरुको भन्दा राम्रो गरेको छ । आफनो प्रदेशस्तरमा कास्की अधिकांश टिमको च्याम्पियन हो । २५० जना भन्दा बढी खेलाडी कास्कीबाट गण्डकी प्रदेश टिममा छन् ।

– समयान्तर खेलकुदको पुर्वाधार विकास हुदैं गएको छ, यसबाट कास्की पनि अछुतो छैन् । तर पुर्वाधार भएपनि खेलाडी उत्पादन नहुनुमा खास दोष कसलाई देख्नुहुन्छ ?

समयान्तर विकासको सिद्धान्त अनुरुप कास्की जिल्लाले भौतिक पुर्वाधारको क्षेत्रमा गर्व गर्न लायक विकास गरेको छ । र गर्दै छ । नेपालको सबैभन्दा ठूलो कभर्डहल बनिसकेको छ भने सबैभन्दा ठूलो फुटबल स्टेडियम बन्ने क्रममा छ । जहाँसम्म खेलाडी उत्पादनको कुरा छ निष्चय नै गम्भीर र सोचे अनुसाको खेलाडी उत्पादन हुन नसके पनि, हुदैंं नभएको पनि हैन, भएको छ । हिजो राम्रो भनिएका खेलमा आज त्यति राम्रो छैन् ।

हिजो नराम्रो भनिएको खेलहरुले आज राम्रो गरिरहेका छन् । औषतमा स्थिति राम्रो नै छ । तर ढुक्क हुने अवस्थामा छैनौं । त्यसैले यसमा समय अनुसार हिजो खेल सिक्ने खेलाडी र आज सिक्न आउने खेलाडीमा धेरै अन्तर छ । हिजो आउनेले जे सिके गुरुसँग रंगशालामा आएर सिके सिके, तर आज सिक्न आउने खेलाडीले प्रविधि मैत्री हुदैं धेरै ठूलो फरकिलो मानसिकता बनाएर आएका हुन्छ ।

उसका चाहना अनुसारको हामीसँग त्यस्तो प्रविधि छ कि छैन् भन्ने विषय, आज हामीसँग चुनौतिपूर्ण विषय बनेको छ । लामो समयसम्म विना रिफ्रेसर हाम्रा प्रशिक्षकहरुले इमान्दारपूर्वक प्रशिक्षण गराउनुभएको छ । आधुनिक प्रविधि मैत्री बनाउन हामी सकिरहेका छैनौ । अर्को कुरा २१ औं शताब्दीको युवा आफनो मेहनत र परिश्रमबाट आफनो भविष्य सुरक्षित छ भन्ने चाहन्छ, त्यो अवस्था आज हाम्रो सरकारले गर्न सकेको छैन् ।

हिजो हामीसँग प्रशिक्षकको संख्या आवश्यकता अनुसार लगभग थिए, तर आज लोकप्रिय खेल फुटबल, व्याडमिन्टन, टेलबटेनिस, बास्केटबल, एथलेटिक्स, बक्सिङ लगायतका थुप्रै खेलका प्रशिक्षक छैनन् । अनि भन्नोस विना प्रशिक्षक(गुरु) कसरी चेला उत्पादन हुन्छ । तापनि म भन्छु अब आसन्न ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी हामीसँग रहनुभएका प्रशिक्षकद्वारा विहान बेलुका प्रशिक्षणको व्यवस्था गरिरहेका छौं, राम्रो हुन्छ ।

सम्भवतः तपाईले कास्की जिल्ला खेलकुद विकास समितिको लामो समय कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नुभयो । प्रमुखको जिम्मेवारी सम्हाल्दा फरक व्यक्ति विशेषसँग काम पनि गर्नुभयो, कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहँदा खेलाडी र खेलकुदको विकासमा तपाईको भूमिकालाई आफैंले मूल्यांकन कसरी गर्नुहुन्छ ?

आफनो गृह जिल्लाको समग्र खेलकुद क्षेत्रको महत्वपूर्ण जिम्मेवारी सम्हाल्न पाउँदा म अत्यन्तै खुशी छु । र यसलाई महत्वपूर्ण जिम्मेवारीको रुपमा गहन रुपले आत्मसाथ गर्दै सरल सहज इमान्दार र कर्तयनिष्ठ भएर आफनो भूमिकालाई सहकार्यपूर्ण तबरबाट पुरा गर्ने मैले मुलमन्त्र बनाई आफनो कार्यक्षेत्रमा काम गर्दै आएको छु ।

काम गर्दा खासै कसैसँग मलाई असजिलो, असहज भएको छैन् । सबैजसो पदाधिकारी खेलकुदलाई राम्रो गरौं भन्ने उत्कट चाहना र भावना भएको मैले महशुस गरेको छु । त्यसमा पनि कास्कीको खेलकुदको नेतृत्व गर्ने कुरा आफैंमा सामान्य र सहज पक्कै होईन र छैन पनि, त्यो जिम्मेवारीको तराजुमा सबैको मूल्यांकन यहाँहरुले गरिरहनुभएको छ मैले भन्नुपर्ने केही छैन् । इतिहास छर्लङ्ग छ ।

खेलाडीलाई सेवा र सुविधा दिनुपर्छ भन्ने एकखालको रटान छ तर पनि हाम्रो जस्तो पुर्वाधार युक्त जिल्लाको खेलकुदको स्तर जति उठ्नुपर्ने थियो त्यो देखिदैन यसको यथार्थ के हो ?

म आफनो जिम्मेवारीको प्रमुख कर्तव्य भनेको खेलाडीको हकहित, बृत्तिविकास र अवसर सृजना गर्नु नै हो । हेर्नुस हुन त आफनो कुरा आफैंले गर्नुपर्ने कठिन प्रश्न गर्नुभयो? तर पनि एकजना राम्रो खेलाडी नेपाली नागरिकको नैसर्गिक अधकिार भनको उमेर पुगेपछि नागरिकता प्राप्त गर्ने हो । त्यस्तै एउटा खेलाडीले आफनो दक्षता र क्षमता अनुसार खेल्न पाउनु उसको अधिकार पनि हो ।

त्यस्तै खेलाडीको सुविधा अधिकारको क्षेत्रमा कार्य गरी रहे, हिजो भन्दा आज खेलाडीहरु खुशी र सुखी महशुस गर्ने भएका छन् । भौतिक पुर्वाधार विकासमा नि आफनो क्षमताले भ्याएसम्म स्थानीय निकायसँग समन्वय गरी रंगशाला प्रवेशद्वारदेखि धुलाम्य बाटो पीच गर्नेदेखि राष्ट्रिय खेलकुद परिषद, मन्त्रालयसँग पनि प्रभावकारी समन्वय गरी सबै पुर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको यहाँहरुले महशुस गरेकै विषय हो ।

जहाँसम्म स्तरको कुरा छ, खेल प्रतिस्पर्धा, भौतिक पुर्वाधार, खेलाडी बृत्तिविकास लगायतका दृष्टिले इतिहासमा सबल र स्वाभिमानीस्तरमा हाम्रो खेलकुद क्षेत्र रहेको छ ।

-पोखरा रंगशालाभित्र खेलकुदको भौतिक पुर्वाधार बनेका छन् । तर खेलाडी उत्पादन भने शून्य जस्तै छन् । संघहरुले प्रभावकारी काम गर्न नसकेको जस्तो देखिएको छ । संघहरुलाई जिम्मेवारी दिने र नियमनकारी भूमिका जिल्ला खेलकुद विकास समितिले गरेको जस्तो देखिदैन् । केही खेलका प्रशिक्षक छैनन् । तर भएका प्रशिक्षकबाट पनि प्रभावकारी प्रशिक्षण नभएको जन गुनासो आईरहेको छ ।समितिले त्यसलाई कसरी लिएको छ ?

संघहरुको भूमिका र नियमनको कुरा उठाउनुभएको छ । यो महत्वपूर्ण विषय हो । यर यहाँले भने जस्तै म मान्न तयार छैन् । किनभने हेर्नोस पोखरा रंगशाला हाताभित्र बनिरहेको भौतिक पुर्वाधारको विकास जिल्ला खेलकुद, क्षेत्रीय खेलकुद, राखेप, मन्त्रालयको पहलमा मात्रै होईन संघहरुको प्रभावकारी भूमिकाले पनि सम्भव भएको हो ।

भूमिका नभएको भन्ने हैन्, राम्रो भूमिका छ । सबै सरोकारवाला पक्ष बीच प्रभावकारी र आत्मीय समन्वयकारी भूमिका छ । अब कुरा रह्यो जिल्लामा कार्यरत प्रशिक्षकको सख्या कमि रहेको अत्यन्तै सत्य कुरा हो । हाम्रो आवश्यकताको २० प्रतिशत पनि प्रशिक्षक छैनन् । तर भएकोमा पनि प्रभावकारी भूमिका रहेन भन्ने कुरा ठिक होईन किन भने हामीले मूल्यांकन गर्ने हाम्रा प्रशिक्षकहरुको प्रदेशस्तरीय प्रतिस्पर्धामा हो ।

हामीसँग भएका सबै खेलमा भलिबलमा दोस्रो बाहेक सबै उसु, कराँते, भारोत्तोलन, तेक्वान्दो, शारीरिक सुगठन, हक्कीमा हामी टिम च्याम्पियन हौै । हामी र हाम्रा प्रशिक्षकले मेहनत नगरेको भए कसरी सम्भव भयो यो नजिता ? अन्य खेलमा पनि संघहरुको भूमिकाले गर्दा बास्केटलब, व्याडमिन्टन, फुलकन्ट्याक्ट कराँत,ेजुडो, बक्सिङ, कबड्डी, ह्याण्डबल लगायत प्राय खेलमा हामी नै च्याम्पियन हौं । यो त्यसै सम्भव छैन् । त्यसैले हामी र हाम्रा संघ सदैव एक भएर खेलकुद विकासमा लागिपरेका छौं ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ३७ वर्षपछि फेरी पोखरामा आएको छ । समय दुई वर्ष भने पनि समय घर्किन बेर लाग्दैन् । आवश्यक तयारी कसरी गरिदै छ ?

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गण्डकी प्रदेशमा २०७७ फागुन महिनामा हुदैै छ । उक्त प्रतियोगिताको आयोजक गण्डकी खेलकुद परिषद हुने हो । तथापि आफनो क्षेत्रमा हुने महत्वपूर्ण प्रतियोगितामा आफुलाई प्राप्त जिम्मेवारी र भूमिका इमान्दारपूर्ण भव्य र सभ्य रुपमा सफल पार्न सत्त सकारात्मक र प्रभावकारी भूमिका रहने छ ।

गण्डकी प्रदेश साँस्कृतिक सौन्दर्यताले भरिपूर्ण सुन्दर पर्यटकीय क्षेत्र हो । यी सबैको अलाव पोखरेलीहरुको सकारात्मक र योगदानसहितको सहभागिताको उच्च कदर गर्दै यी सबै चीजको उच्च व्यवस्थापकीय समायोजन गरी न भूत न भविष्यमा हुने गरी प्रतियोगितालाई सफल आयोजन गर्न अहोरात्र खटिने विश्वास दिलाउन चाहन्छु र भन्छु त्यतिखेर गण्डकी प्रदेशबाट पदक प्राप्त गर्ने खेलाडी अधिकांश कास्की जिल्लाका खेलाडी हुने छन् ।

– राजनीतिक नियुक्तबाट आउने समितिसँग काम गर्दाको टसल अनि भने अनुसारको काम नगर्दाको तिक्ततासँगै सरुवा गर्ने जस्ता व्यवहार पनि पक्कै सहनुभयो ? त्यसमा पनि अझ अख्तियारमा पर्ने उजुरीसँगै धाउनुपर्ने तारिखले मानसिकतामा असर गर्छ । त्यसलाई पनि चिर्नुपर्ने चुनौति छ । त्यसलाई तपाईले कसरी व्याख्या गर्नुहुन्छ ?

चुनौतिहरुले नै जिन्दगीलाई रोमाञ्चक बनाउँछ र यसैमा जिन्दगीको महत्व निर्माण हुन्छ । जिन्दगीम आफु भन्दा खेलकुदको २३ वर्ष जीवनमा धेरै आरोह अवरोह व्यहोर्नु पर्यो । त्यो स्वभाविकै हो । तर हेर्नोस सत्य बोल्नुपर्छ मलाई कसैले पनि राजनैतिक आग्रह पुर्वाग्रहबाट गलत व्यवहार कतैबाट पनि भएको छैन् ।

तर जागिरे जीवनमा कुनै बेला नेतृत्वले म बाट भन्दा उहाँहरुको उद्देश्य प्राप्त गर्न सहज ठानेर मैलो हाम्रो क्षेत्रकै अति नै सभ्य र मिलनसार व्यक्तित्वले बसोबास गर्ने गुल्मी जिल्लमा सेवा गर्ने अवसर पाए । ४ वर्ष गुल्मी बसे, तर यो, उ पार्टी नभई सबै पार्टीको असल, इमान्दार, कर्तव्यनिष्ठ साथी भएर कास्कीमा सरुवा भई आँए । त्यसैले खुशी छु र सन्तुष्ट छु । अझै उत्साही पनि । जीवनमा अरु धेरै केही कमाउन नसकेपनि असल साथीहरु कमाएको छु ।

खेलकुदको माध्यमबाट देशको कुनैपनि ठाँउमा जादाँ पनि दुखी हुनुपर्ने छैन् सबै साथीहरु हाईहाई गरी सत्कार गर्ने बातावरण छ त्यसैमा खुशी छु । काम गर्दा कठिनाई नहुने कुरै भएन् । काम गर्दै जादाँ उजुरी गुनासाहरु परे । त्यसको असर, प्रभाव कस्तो रह्यो भन्ने प्रश्नमा नखाएको विष लाग्दैन भन्ने उखान चरितार्थ छ । कुनैबेला राम्रो काम गर्दा गर्दै पनि हामी माथि कपटपूर्ण व्यवहारहरु भए ।

ती सबै व्यक्तिगत चरित्र हत्या गर्ने मनसायल गरिएको जसको कुनै सत्यता थिएन् । सम्मानित निकायबाट हाम्रो इमान्दारीतापूर्वक कर्तव्यपरायणपूर्वक कार्य गरेकोमा सफाई प्राप्त भएको छ । हाम्रो कार्यबाट प्राप्त व्यक्तित्वको डाहा गरी हामीलाई गलत नजर लगाउनेहरु आज खेलकुद क्षेत्रबाट पलायन भईसकेका छन् । तसर्थ सत्य डगमगाउँदैन, झुटो टिक्दैन त्यस्ता खराब चरित्र भएकाहरुलाई सही सत्य व्यवहारमा लाग्नु भन्न पनि चाहन्छु ।

फरक राजनीतिक आस्थाकै कारण पर्ने कठिनाईसँगै भोग्नुपर्ने पीडालाई कसरी लिनुहुन्छ ?

कहिले काँही गलत बुझाईको कारणले समस्याहरु पैदा हुन्छन, नहुने होईनन् । तर मेरो भोगाईमा अपाmनो कार्यकालमा त्यस्ता समस्या परेको छैन् । आफुलाई प्राप्त जिम्मेवारी इमान्दारिताका साथ सन्तुलित ढंगबाट पुरा गर्ने हाम्रो व्यवहारले सबै महानुभावहरु सन्तुष्ट हुनुहुन्छ । छिटफुट अर्काको राम्रो देख्न नचाहनेहरु रिस डाहा गर्नेहर आफ्नै कारण र व्यवहारबाट आफनै व्यक्तित्व क्षय गरेका छन् । हामीलाई खासै त्यस्ता कुरामै कुनै अप्ठ्यारो पारेको छैन र पर्दैन् पनि ।

अन्त्यमा ?

अन्त्यमा पोखराको खेलकुद क्षेत्रको विकास र विस्तारमा पोखरेली आमा बुवा दाजुभाइ दिदी बहिनी, सञ्चारकर्मी महानुभाव संघ संस्थाहरुको अविस्मरणीय उच्च योगदान रहेको छ । सदैव यस्तै प्रकारको योगदानको अपेक्षा गर्दै राष्ट्रिय प्रतिष्ठासँग जोडिएको १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पोखरामा आयोजना हुने केही खेलहरु र ९ औं राष्ट्रिय प्रतियोगितालाक्षर्् भब्य सभ्य रुपमा सफल पार्न सबै सरोकारवाला पक्षहरुसग सकरात्मक र रचनात्मक भूमिकाको अपेक्षा गर्दछौं ।

कमेन्टहरु
Loading...