पर्यटन वर्ष घोषणा गरेको ५ महिना पछि प्रचार सामग्री

पोखरा, १ जेठ /गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्ष घोषणा गरेका ५ महिना पछि प्रचार सामग्री तयार परेको छ । सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरु समेटको पुस्तक, टिसट, टोपी, स्टिकर र कप तयार पारेको हो ।
सामग्रीहरुको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सार्वजनी गरे । उनले गण्डकी प्रदेशले पर्यटनलाई प्रमुख अर्थतन्त्रको प्रमुख आधार बनाएको बताए । उनले भदौ सम्म प्रचार प्रसार गर्ने असोज देखी पुष सम्म पर्यटकहरुको पोखरा सगै गण्डकी प्रदेशमा आउने बताए ।

पुस्तकमा गण्डकी प्रदेशमा रहेका ११ जिल्लाका १ सय १० पर्यटकी गन्तव्य र सबै जिल्ला अन्य पर्यटकी गन्तव्यको बारेमा जानकारी दिएको छ । पर्या पर्यटन, ग्रामिण पर्यटन, धार्मिक, साँस्कृतिक, सहसिक पर्यटनलाई समेटको छ ।

आन्तरिक पर्यटन वर्ष २०१९मा गण्डकी प्रदेशले १५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आएका पर्यटकहरु ५० प्रतिशत नयाँ गन्तव्यहरुमा पुग्ने र पर्यटन उद्योगमा लगानीका अवसरहरु बढाउने सरकारको लक्ष्य रहेको छ ।

कमेन्टहरु
Loading...