फेवाताल मापदण्ड पिडित महानगरमा, जनताको घाटिमा तरबार नझुड्उ (भिडियो सहित)

पोखरा, १६ जेठ/ फेवातालको ६५ मिटर मापदण्ड पिडितहरुले पोखरा महानगरपालिका ज्ञापन पत्र बुझाएका छन् ।

बिहीबार पोखरा महानगरपालिका मयेर मानबहादुर जिसीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । फेवाताल मापदण्ड पिडित सरोकार समितिका अध्यक्ष नविनराज बरालले जिसीलाई ज्ञापनपत्र बुझाउदै पिडितहरुको समस्याका बारेमा जानकारी दिएका थिए ।

महानगरपालिकाले केही दिन अगाडी ६५ मिटर भित्रका संरचना भत्काउन स्थानीयलाई १५ दिनको अल्टिमेटम दिदै सुचना निकालेको थियो । ज्ञापन पत्र बुझ्दै जिसीले सर्वोच अदालतको निर्णयलाई मान्दै हाललाई ६५ मिटर भित्र नयाँ संरचना बताएमा तुरुन्तै हटाउने बताए ।

उनले पुराना संरचनाको हकमा भने फेवातालको सिमाना एकिन भए पछि क्रमश जग्गा धनिको मुअव्जा दिएर संरचना हटाउने बताएको बरालले बताए ।

पोखरा महानगरले गत बिहीबार सूचना जारी गर्दै ६५ मिटर मापदण्ड भित्र बनेका संरचना १५ दिनभित्र हटाउन चेतावनी दिएको थियो । सर्वोच्च अदालतले संघीय सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकालाई स्पष्ट जिम्मेवारी तोके अनुसार नै काम अगाडी बढाएको सूचनामा उल्लेख गरेको थियो ।

फेवातालको संरक्षण सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलामा पोखरा महानगरपालिकालाई तोकेको जिम्मेवारी अनुसार फेवातालको जलाधार संरक्षणको काम थालेको र मापदण्डभित्र बनेका संरचना हटाउन सूचना प्रकाशन गरिएको महानगरले जनाएको थियो ।

कमेन्टहरु
Loading...