लौ विद्युत महसुल बढ्यो

काठमाडौ, १७ असार /नेपाल विद्युत प्राधिकरणले साउन १ गते देखि लागू हुनेगरी विद्युत महसुल बढाउने भएको छ । प्राधिकरणले गरेको सिफारिस अनुसार महसुल निर्धारण आयोगले महसुल वृद्धि गरेको हो।

विद्युत प्राधिकरणले साउनदेखि लागू हुनेगरी सात तहमा वर्गीकरण गरेर महसुल वृद्धि गरेको हो। यसअघि प्राधिकरणले महसुल वृद्धिको लागि महसुल निर्धारण आयोगमा प्रस्ताव गरेको थियो। आयोलको बिहीबार बसेको बैठकले प्राधिकरणको महसुल वृद्धि गर्ने प्रस्तावलाई स्वीकृत गरेको आयोगले जनाएको छ।

अब उपभोक्ताले नयाँ महसुल दर लागू भएसँगै न्युनतम २० युनिटसम्म विद्युत उपभोग गर्दा न्यूनतम ३० रुपैयाँ प्लस प्रतियुनिट ३ रूपैयाँका दरले तिर्नुपर्ने भएको छ। त्यस्तै २१ युनिट देखि ३० युनिटसम्म न्यूनतम ५० रुपैयाँ र अर्को प्रतियुनिट ७ रूपैयाँ तिर्नुपर्ने हुन्छ।

त्यस्तै ३१ देखि ५० युनिटसम्म न्यूनतम ७५ रुपैयाँ प्लस प्रतियुनिट ८ रुपैयाँ ५० पैसा लाग्ने आयोगले जनाएको छ। त्यस्तै ५१ युनिट देखि १ सय ५० युनिटसम्म न्युनतम १ सय प्लस प्रतियुनिट १० रुपैँया, १ सय ५१ देखि २ सय ५० युनिटसम्म न्युनतम १ सय २५ प्लस प्रतियुनिट ११ रुपैयाँ, २ सय ५१ देखि ४ सय युनिटसम्म १ सय ५० प्लस प्रतियुनिट १२ रुपैयाँ र सो भन्दा माथी खपत गर्नेले न्यूनतम १ सय ५५ रुपैयाँ प्लस प्रतियुनिट १६ रुपैयाँ तिर्न पर्ने गरी महसुल वृद्धि भएको आयोगले जनाएको छ।

कमेन्टहरु
Loading...