भदौरेको विद्यालय बनाउन सामाजीक सञ्जालबाट सहयोगको अपिल

पोखरा ४ बैशाख /कास्कीको भदौरे तामागी गाविसको देउरालीमा रहेको बहादुरे उच्च माध्यामिक विद्यालयको पर्खा र स्टेज निर्माण गर्न सामाजीक सञ्जालबाट सहयोगको अपिल थालेका छन् । विद्यालयको शैक्षिक वातावरण राम्रो बनाउन पर्खा निमार्ण र स्टेज निर्माण गर्न सामाजीक सञ्जालबाट अपिल गरेका हुन् ।

भदौरेको विद्यालय बनाउन सामाजीक सञ्जालबाट सहयोगको अपिल
भदौरेको विद्यालय बनाउन सामाजीक सञ्जालबाट सहयोगको अपिल

विद्यालयमा विद्यार्थीहरु सुरक्षित र शैक्षिक वातावरणलाई व्यवस्थित बनाउन अभियान सञ्चालन गरिएको पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा आर्थिक संकलन एवं निमार्ण समितिका संयोजक आशबहादुर गुरुङले जानकारी दिए । सामाजीक सञ्जालबाट भुपु विद्यार्थी र शिक्षा प्रेमिबाट आवश्यक रकम संकलन गर्ने समितिको लक्ष्य रहेको उनले जानकारी दिए ।

भदौरेको विद्यालय बनाउन सामाजीक सञ्जालबाट सहयोगको अपिल
भदौरेको विद्यालय बनाउन सामाजीक सञ्जालबाट सहयोगको अपिल

उनले हाल बेलायतमा रहेका स्थानिय सोम गुरुङले करिब ४ लाख रुपैयाको लागतमा विद्यालयको मुल गेट निर्माण गर्ने भएको जानकारी दिए । त्यसै गरि पत्रकार सम्मेलनमा स्थानिय सुक बहादुर गुरुङ र दिल माया गुरुङको स्मृतिमा एक लाख ११ रुपैया समितिलाई प्रदान गरको छ । त्यस्तै राम बहादुर गुरुङ र देवि गुरुङको स्मृतिमा छोरा आशबहादुर गुरुङले ५० हजार एक सय १५ रुपैया सहयोग गरेका छन् ।

समितिका कोषाध्यक्ष दुर्गीमाया गुरुङ र श्रीप्रसाद गुरुङले २५ हजार ११ रुपैया सहयोगको घोषणा गरे । विद्यालयका प्रधानाध्यापक तथा समितिका सचिव राम प्रसाद पौडेलले १० हजार १० रुपैया, लक्ष्मी गुरुङले ५ हजार र मन्जु गुरुङले ५ हजार दिने घोषणा गरे । पर्खा निर्माणको लागि १५ लाख र स्टेजको लागि १२ लाख गरी कुल २७ लाख रुपैया खर्चलाग्ने समितिका संयोजक गुरुङले जानकारी दिए । संरचना निर्माणमा सहयोग गर्ने मध्य ५० हजार भन्दा बढी दिनेलाई फोटो सहितको मार्बल रेकर्ड तथा अभिनन्दन पत्र, १० देखि ५० हजार सम्म दिनेलाई मार्बल रेकर्ड सहित सम्मानपत्र, पाँच देखि १० हजार सम्मकोलाई ब्यानर रेकर्ड सहित कदरपत्र तथा एक देखि पाँच हजार सहयोग गर्नेलाई रजिष्टर रेकर्ड सहित प्रशंसापत्र प्रदान गर्ने समितिका उपसंयोजक आइन्दल गुरुङले जानकारी दिए ।

भदौरेको विद्यालय बनाउन सामाजीक सञ्जालबाट सहयोगको अपिल
भदौरेको विद्यालय बनाउन सामाजीक सञ्जालबाट सहयोगको अपिल

विशेषगरी विद्यालयका भूतपूर्व विद्यार्थीहरुबाट आर्थिक सहयोगको अपेक्षा गरिएको गुरुङले बताए । विद्यालमा उच्च मावि सम्म करिब ३ सय विद्यार्थी रहेको विद्यालयका प्रधानध्यापक रामप्रसाद पौडेलले जानकारी दिए । उनले बिसं २०११ सालमा स्थापना भएको बताए । १९ जना शिक्षक कर्मचारी कार्यरत छन् । २०६७ सालमा बेल्जियमको एक संस्थाले झण्डै एक करोड १५ लाख लागतमा १४ कोठे पक्की भवन निर्माण गरिदिएपछि २०६८ सालदेखि उच्च मावि सञ्चालन सुरु भएको प्रधानध्यापक पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...