विश्व थाइराइड दिवस, पोखरा डाइबिटिज तथा थाइराइड क्लिनिकको शुरु

पोखरा, ११ जेठ/थाइराइड तथा मधुमेह जाँचका लागि पोखरा थाइराइड तथा डाइबिटिज क्लिनिकले आफ्नो सेवा शुरु गरेको छ । पृथ्वीचोक नयाबजारमा रहेको क्लिनिकले थाइराइड तथा डाइबिटिज सम्बन्धि सम्पुर्ण जाँच तथा उपचार सेवा शुरु गरेको हो ।

विश्व थाइराइड दिवसको अवसरमा एक समारोहका विच प्रदेश नम्बर ४ का सांसद बिन्दुकुमार थापा र विशेषज्ञ डिएम डा. अंशुमाली जोशीले संयुक्त रुपमा रिवन काटेर शुभारम्भ गरेका हुन् । कार्यक्रममा सांसद थापाले स्वास्थ्य नै सबै भन्दा ठुलो धन भएको भन्दै स्वास्थ्य प्रति सचेत बनि निरोगी रहन सक्नु नै सबैभन्दा ठुलो उपलब्धी हुने बताए । थाइराइड तथा डाइबिटिजका विषयमा बोल्दै डा. अशुंमाली जोशीले बदलिंदो जीवनशैलीमा मानिस स्वंयमले नै आफुलाई अस्वस्थ र दिर्घरोगी बनाइरहेको बताउदै खानपान र जीवनशैलीमा परिवर्तन गर्न सके दिर्घरोगबाट बच्न सकिने बताए ।

क्लिनिकका डाइबिटिज तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सुरज बरालले ब्यस्त संगै स्वस्थ रहन सके मात्रै जीवन सफल हुने बताए । कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रबिन्द्रबहादुर प्रजु, लायन्स क्लब अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालका डाइबिटिज सचेतना प्रमुख टेक नारायण पौडेल, नेपाल मधुमेही समाज कास्कीका अध्यक्ष कृष्ण प्रसाद बराल, क्लिनिकका डाइटिसियन बिद्या आर कायस्थ, जिल्ला प्राविधिक कार्यलयका प्रमुख नारायण बराल लगायतले बोलेका थिए ।

क्लिनिक का अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संयोजक डा. सुरज बरालले गरेका थिए । यस अघि विश्व थाइराइड दिवसको सन्दर्भमा सचेतना र्यालीको आयोजना गरेको थियो । र्याली पोखराको विपी चोक बाट शुरु भई क्लिनिकमा पुगेर सभामा परिणत भएको थियो । र्यालीमा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु गुरुङ, चरक एकेडेमी, पोखरा विश्वविद्यालय, ला–ग्राण्डी इन्टरनेशनल कलेज, पोखरा टेक्निकल कलेज, ज्ञानमार्ग स्वतन्त्र महिला समुह, तेर्सापट्टी जलविनायक आमा समुह लगायतको उपस्थिती रहेको थियो ।

कमेन्टहरु
Loading...